निस्दी । चैत १९ – कोरोना भाईरसको संक्रमण बाट बँच्न विभिन्न स्थानिय तहहरुले विभिन्न कार्य तथा योजना सञ्चालन गरिरहेका छन् ।
विभिन्न स्थानिय तहहरुमध्ये निस्दी गाउँपालिकाले उत्कृष्ट कार्य गरिरहेको सरोकारवालाहरुले बताएका छन् । के के छन् त निस्दी गाउँपालिकाले अहिले सम्म कोरोना भाईरस संक्रमणको सावधानीका लागी गरेका कार्यहरु ?
हेर्नुहोस् ।
निस्दी गाउँपालिका पाल्पालेCOVID-19 कोरोना भाइरसकोसम्भावित
जोखिम न्यूनीकरण तथा रोकथामको लागि हालसम्म गरेका प्रयासहरु तथा भए गरेका क्रियाकलापहरु
क्र.स. | मिति | कोरोना भाइरस(COVID-19) को जोखिम न्यूनीकरणको लागि हालसम्म भए गरेका प्रयासहरु |
१ | २०७६।१२।०१ | सामुदायिक रेडियो रामपुरबाट कोरोना भाईरस (COVID-19) सम्बन्धि सन्देशमुलक सामग्री प्रसारण गरिएको । |
२ | २०७६।१२।०४ | सन्देशमुलक ब्यानर तथा सन्देशमुलक पम्प्लेट छपाई तथा वितरण एवं प्रचारप्रसार गरिएको। |
३ | २०७६।१२।०५ | जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थितिमाकोरोना भाईरस (COVID-19) सम्बन्धिपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको तथा पलिकास्तरिय समन्वय समिति गठन गरिएको। |
४ | २०७६।१२।०९ | १. सबै वडाहरुमा कोरोना भाईरस (COVID-19) सम्बन्धिअभिमुखीकरण कार्यक्रम संचालन गरिएको तथा वडास्तरीय समन्वय समिति गठन गरीप्रचारप्रसारलाई तिब्रता दिइएको ।
२. पालिकास्तरीय RRT (Rapid Response Team) द्रुत प्रतिकार्य समितिको बैठक सम्पन्न तथा उक्तबैठकमासबै वडाहरुमाव्यवस्थित र तिब्रताकासाथCOVID-19 कोसम्भावित संक्रमण न्यूनीकरण अभियान संचालनगर्ने निर्णय गरिएको । |
५ | २०७६।१२।१० | १. कार्यपालिकाको बैठक सम्पन्न तथा COVID-19को रोकथामका लागि कार्ययोजना निर्माण गरिएको ।
२. कार्यपालिका बैठकको निर्णय:- COVID-19 कोसम्भावित संक्रमण न्यूनीकरण अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्तादिनेतथा यस अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु र सवारी चालकहरुको अकल्पनीय मृत्यु भएमा रु. दश लाख रुपैया पालिकाबाटराहत स्वरूप दिने निर्णय गरिएको। |
६ | २०७६।१२।११ | १. पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न ।
२. COVID-19 कोसम्भावित संक्रमण न्यूनीकरणका लागि तिब्रताका साथ माईकिङ प्रचारप्रसार गरिएको । ३. यस गाउपालिकाभित्रसबै प्रकारका सवारीसाधन (खाद्यान तथा एम्बुलेन्स बाहेक) आवतजावतमा रोक लगाइएको,पालिका भित्र संचालित विभिन्न पसल तथा व्यवसायहरु संचालनमा रोक लगाइएको, विभिन्नसांस्कृतिक नाचगान तथा सामुहिक खानपान र जमघट गर्न रोक लगाईएको तथा खेल मैदानहरुमा विभिन्न खेलहरु खेल्न रोक लगाइएको तथा एक टोल बाट अर्को टोलमा आवतजावत गर्न समेत प्रतिबन्ध लगाइएको। ४. यसगाउँपालिकाको वडा नं. ४ मित्याल बजारमा हेल्थ डेस्क स्थापना गरिएको। ५. अत्यावश्यक सामग्रीहरु जस्तै २० वटा ग्लोव्स, १६० पिस स्यनिटाईजर र १५ पिस डिजिटल थर्मोमिटर व्यवस्था गर्ने कार्य भएको । |
७ | २०७६।१२।१२ | १. सबै वडाका स्वास्थ्य संस्थाहरुमाCOVID-19 कोसम्भावित संक्रमण न्यूनीकरणकोलागिअत्यावश्यकस्वास्थ्य सामाग्रीहरु वितरण गरिएकोत्यसै गरी यस गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारुज्युको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याल, स्वास्थ्य शाखा संयोजक र रुक्से भन्ज्याङ प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक डेड बहादुर थापासहितको टोलिबाट बाकामलाङ, सहलकोट, झिरुवास, गल्धा, दुंगनाबेसी लगायतका ठाउँहरुमा माईकिङ प्रचारप्रसार कार्य सम्पन्न गरिएको।
२. भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको लगतसंकलन कार्य सुरु गरिएको । |
८ | २०७६।१२।१३ | १. COVID-19 कोसम्भावित संक्रमण न्यूनीकरणकोलागिअत्यावश्यक सामाग्रीहरु मास्क. स्यानीटाईजर, PPE का सामान, थर्मोगन को व्यवस्था गरिएको ।
२. गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिबाटगल्धा, अर्चले र ज्यामिरे लगायतका ठाउँहरुमाCOVID-19 कोसम्भावित संक्रमण न्यूनीकरण सम्बन्धिमाईकिङ तथाप्रचारप्रसार गरिएको । ३. श्री गौरी शंकर मा. वि. निस्दी-४, मित्याल, पाल्पामा १२ बेडको Quarantine स्थापना गरीएको । ४. सबै वडाहरुमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीले सम्बन्धित वडाका टोल टोलमा गई भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरिएकोतथा ती व्यक्तिहरुलाईHomeQuarantine मा बस्नकोलागि सुझाईएको । |
९ | २०७६।१२।१४ | निस्दी १ बाकामलाङमा भारत लगायतअन्यदेशहरुबाट आएका व्यक्तिहरुकोघरघरमा गईथर्मोगन तथा डिजिटल थर्मोमिटरहरुको प्रयोग गरि तिनीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गरिएको तथा जानकारी लिइएको । |
१० | २०७६।१२।१५ | निस्दी ५ बेलडाँडामा हेल्थडेस्क स्थापना गरिएको। |
११ | २०७६।१२।१६ | निस्दी २ सहलकोटमा पालिका अध्यक्ष सहितको टोलि घरघरमा गईभारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरिएको तथा तिनीहरुको स्वास्थ्य जाँच गरिएकोर तिनीहरुलाई १४-१७ दिनसम्म HomeQuarantine मा बस्नको लागि सुझाईएको। |
१२ | २०७६।१२।१७ | निस्दी ६ अर्चलेमा पालिका अध्यक्ष सहितको टोलि घरघरमा गईभारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरिएको तथा तिनीहरुको स्वास्थ्य जाँच गरिएकोर तिनीहरुलाई १४-१७ दिनसम्म HomeQuarantine मा बस्नको लागि सुझाईएको। |
१३ | २०७६।१२।१८ | · प्रदेश नं. ५ प्रदेश सभा सदस्य माननीयश्री नारायण आचार्य ज्यु, जिल्ला समन्वय समिति पाल्पाको कार्यबाहक प्रमुख श्री मिरा मरासिनी ज्यु लगायतकोटोलीबाटनिस्दी गाउँपालिकाले कोरोना भाइरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका लागि गरेका प्रयासहरुको अनुगमन तथा निरीक्षण गरिएको तथा आवश्यक सल्लाह सुझाव समेत प्रदान गरिएको ।
· कार्यपालिका बैठक सम्पन्न ।उक्तकार्यपालिका बैठकमा :- १. सबै वडाका वडा अध्यक्षहरुबाट आ-आफ्नो वडामा कोरोना भाइरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका लागि भएका प्रयासहरु, नेपाल सरकारले कोरोना भाइरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरण गर्ने हेतुले लकडाउन गर्नु भन्दा केहि दिन पूर्व र लकडाउन सुरु भएपछि भारत लगायत अन्य मुलुकहरुबाट आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था लगायत अन्य विवरणहरु र कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि कार्यहरु गर्दै गर्दा आइपरेका समस्याहरुको बारेमा रिपोर्टीङ गरिएको । २. निस्दी गाउँपालिका भित्र रहेका बजार तथा गाउँ क्षेत्रहरुमा रहेका पसलहरुमा खाद्यान ढुवानीको लागि ब्यापारीहरुलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको । ३. निस्दी गाउँपालिका भित्र रहेका दैनिक ज्यालादारी गरि गुजारा गर्ने मजदुरहरु तथा तिनको परिवारहरुको मिति २०७६-१२-२० सम्ममा लगत (तथ्यांक) संकलन गर्ने तथा प्राप्त तथ्यांकको आधारमा एक व्यक्तिलाई एक दिनको १ kg को दरले चामल, ५ दिनको १/२ kg को दरले दाल र एक/एक पोका नुन, तेल र जिरा दिने निर्णय गरिएको ।साथै उक्त वितरण प्रक्रियालाई सहज बनाउन मापदण्ड समेत बनाउने निर्णय गरिएको । ४. वडाहरुको आवश्यकताको आधारमा यस निस्दी गाउँपालिकाको सबै वडाहरुमा गरी कुल १०५ बेडको क्वारेन्टाईन स्थापना गर्ने निर्णय गरिएको। साथै उक्त क्वारेन्टाईनहरुलाई पूर्ण रुपले व्यवस्थित गर्ने निर्णयगरिएको । ५. प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुको लागि एक वटाको दरले कुल सात वटा र थप ३ वटा गरी जम्मा १० वटा PPE सेट तथा १० वटा स्प्रे मेसिनहरु खरिद गर्ने निर्णय गरिएको । ६. यस निस्दी गाउँपालिका अन्तर्गत रहेका तथा अन्य सहयोगी संस्थाहरु र व्यक्तिहरुलाई यस आपतकालिन घडीमा सहयोग गर्नको लागि आह्वान गर्ने निर्णय गरिएको । |
१४ | माथि उल्लेखित कार्यहरु बाहेक प्रत्येक दिन सबै वडाहरुमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोलीले भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, update गर्नेतथा ती व्यक्तिहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने र पलिकलाई जानकारी गराउने, सवारी साधन हरु चले नचलेको कडाइका साथ अनुगमन गर्ने जस्ता क्रियाकलापहरु भईरहेका छन् । |