काेराेनाकाे दाेस्राे लहरमा तानसेनले चलायाे कृषि एम्बुलेन्स

पाल्पा । तानसेन नगरपालिकाले काेराेनाकाे दाेस्राे लहरमा पुनः कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

काेराेनाकाे पहिलाे लहरमा बजारमा तरकारीकाे अभाव हुन थालेपिछ तानसेन युवा परिषदले सञ्चालन गरेकाे कृषि एम्बुलेन्स सेवा नगरपालिकाले दाेस्राे लहर चलेका बेला हेफर इन्टरनेसनल, ग्रामीण आर्थिक विकास संघ (रेडा) र यूएनडीपीको सहयोगमा कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले कृषि उपज बाेकेर ल्याएकाे कृषि एम्बुलेन्सबाट तरकारी बिक्री गरी कृषि एम्बुलेन्स सेवा सुरु गर्नुभएकाे छ । एक पिकअप जिपमा ६ सय किलो तरकारी कृषि एम्बुलेन्सबाट ल्याई बिक्री गरी त्यसको सुरुवात गरिएको छ । पहिलाे ट्रिपबाटै ६ सय परिवार लाभान्वित भएका छन् । 

नगरपालिकाभित्रका व्यावसायिक किसान र कृषि समूले उत्पादन गरेका कृषि उपजकाे सहज बिक्री वितरणकाे व्यवस्था मिलाउने र बजारमा बस्ने उपभाेक्तालाई ताजा तरकारी दिने उद्देश्यले कृषि एम्बुलेन्स चलाइएकाे हाे । काेराेना राेकथाम र नियन्यत्रणाका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि किसानको उत्पादनलाई बजार लैजान नसकेको अवस्थामा नगरपालिकाले किसानलाई राहत दिन याे कृषि एम्बुलेन्स सेवा सुरु गरिएकाे प्रमुख शाहीकाे भनाइ छ ।

किसानको उत्पादनलाई बजारसम्म पुर्याउने सहजीकरण गरिएकाे ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयाे । तरकारी किसानको बारीमा कुहिन नदिने र बजारमा महँगोमा खरिद गरेका उपभोक्तालाई सस्तो मूल्यमा उपलब्ध गराउने नै लक्ष्य अनुसार नै काम गरिएकाे कार्यकारी निर्देशक कार्कीले बताउनुभयाे ।

स्मरण रहाेस्, गत वर्ष तानसेन युवा परिषदले लामाे समय कृषि एम्बुलेन्स सेवा सञ्चालन गरी स्याबासी पाएकाे थियाे ।