चैत १७ – निस्दी गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणको लागि अनुगमन र प्रचारप्रसारलाई तिब्रता दिएको छ ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी तथा प्रहरीको टोलि गाउँगाउँमा गएर प्रचारप्रसार र नयाँ आउने व्यक्तिहरुको स्वास्थ परिक्षण गरेको अध्यक्ष सारुले बताउनुभयो । निस्दी गाउँपालिकामा छिमेकी राष्ट्र भारत र अन्य बाहिरी मुलुकबाट ८४ जना व्यक्ति आएको र सबै जना सेल्फ क्वारेन्टाईनमा सुरक्षित रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।
आवस्यक परेको खण्डमा गौरीशंकर मावि मित्यालमा फरकफरक ४ वटा कोठामा १२ बेडको अस्थायी क्वारेन्टाइन व्यबस्थित तरिकाले तयार परेको र आवस्यक परेको खण्डमा ३० वटा बेड तयारीमा राखेको पनि स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दी गाउँपालिकाले २ हजार ५ सय वटा माक्स, डिजिटल थर्ममिटर, स्वास्थ कर्मीले प्रयोग गर्ने पिपिई, सेनिटाइजर लगायतका अति आवस्यक सामग्री सबै स्वास्थचौकीलाई हस्तान्तरण गरेको उपाध्यक्ष रिता कुमारी अर्यालले बताउनुभयो ।
निस्दीका कुनैपनि व्यक्तिलाई कोरोना संक्रमित भेटिएमा अन्यत्र हस्पिटलमा लैजानको लागि जुनसुकै बेला एम्बुलेन्सको व्यवस्था रहेको पनि अधिकृत अर्यालले बताउनुभयो । निस्दी गाउँपालिकाको प्रत्येक नाकामा नयाँ आउने व्यक्तिहरुको स्वास्थ परिक्षणको लागि हेल्थ डेक्स राखेको स्वास्थ शाखा संयोजक दिशाले बताउनुभयो । २ वटा थर्मोगनको सहयोगले ज्वरो परिक्षण गरिएको छ ।
निस्दी गाउँपालिकामा कुनै पनि यातायातको आवातजावत नरहेको र बजार पनि पुरै ठप्प रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो ।