कोरोना सचेतना जगाउँदै रानीचुँडी टोल विकास संस्था

विजयकुमार बौडेल – 
बैशाख २९ – रानिचुँडी टोलविकास संस्था तानसेन ९ ले आफ्ना सदस्यहरुलाई कोरोनाका लक्षण, बच्ने उपाय र अपनाउनुपर्ने सजगताका विषयमा सचेत गराएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनी दिन प्रतिदिन बढिरहेको अवस्थामा नागरिकले अपनाउनु पर्ने सजगताका विषयमा सचेत गराएको हो । संस्थाले सबै ६६ परिवारहरुलाई साबुन वितरण गर्दै कोरोना बाट बँच्न नियमित रुपमा साबुनपानीले हात धुन र गुणस्तरिय सेनिटाईजर प्रयोग गर्न अनुरोध गरेको छ ।

संस्थाकी अध्यक्ष लक्ष्मी अर्यालले सबै परिवारका सदस्यहरुलाई सचेत बनाउनको लागी उदाहरण प्रस्तुत गर्न साबुन वितरण गरिएको बताउनुभयो । अर्यालले सबैलाई सचेत, सजग र सतर्क रहन अनुरोध समेत गर्नुभयो ।

संस्थाकी सचिव कल्पना भण्डारीले विश्वभर फैलिएको कोरोना भाईरस बाट बँच्ने सबैभन्दा उत्तम उपाय भनेको सरकारले लागु गरेको लकडाउनको पुर्ण रुपमा पालना गर्नु नै भएको बताउनुभयो । भण्डारीले लकडाउनको कारणले दैनिक जिवनयापन गर्न समस्या भएका मजदुर परिवारलाई संस्थाले स्थानिय तहको पहलमा सहयोग गर्ने बताउनुभयो ।

वडा सदस्य विनिता लुँईटेलले दैनिक जिवनयापन गर्न कुनै पनी खालको समस्या आएमा जानकारी गराउन अनुरोध गर्दै स्थानिय तहले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लुँईटेलले दैनिक जिवनयापनका लागी अप्ठेरो परेकाहरुलाई सहयोग गर्ने विषयमा वडा तहबाट कुनैपनी कसर बाँकी नराख्ने बताउनुभयो ।

संस्थाले विभिन्न समयमा सदस्यहरुका लागी जनचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको छ ।