बोली
। माघ २३ – घरनजिकैको वडा कार्यालयमा स्वास्थ्यकर्मीहरु आफै आएर वृद्ध
शरिरको चेकजाँच गरिदिँदा तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराका गोपिनाथ
खनाल खुसी हुनुभयो ।
तानसेन
नगरपालिकाको घरघरमा स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरुको
टोलीले वडा नं. ८ को कार्यालयमा राखेको शिविरमा ८६ बर्षिय खनाल जस्तै ७२
जना वृद्धवृद्धाहरुले चेकजाँच गराउनुभएको छ । खनालले वृद्ध भएपछी अस्पताल
जान गाह्रो हुने भएकाले घरनजिकै शिविर राखिदिँदा नगरपालिका वृद्धहरुको
स्वास्थ्यमा जिम्मेवार भएको महसुस गरेको बताउनुभयो ।
खनालले
कान कम सुन्ने र दमको समस्या भएको बताउँदै त्यसको निशुल्क औषधी समेत दिँदा
खुसी लागेको बताउँदै गाउँमा जनप्रतिनिधी भएको अनुभुती गरेको बताउनुभयो ।
वडा नं. ८ को कार्यालयमा भएको शिविरमा ६० देखी सय बर्ष सम्मका
वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गरेका छन् । स्वास्थ्य परिक्षणमा
सहभागी ७२ जना मध्ये ४४ जनालाई सुगरको समस्या रहेको सहभागी सोमनाथ अर्यालले
जानकारी दिनुभयो ।
मदनपोखरा
स्वास्थ्य चौकीका प्रमुख झविन्द्र न्यौपानेले नियमित औषधी खानेहरुलाई एक
महिनाको औषधी वितरण गरेको बताउनुभयो । न्यौपानेले अधिकांश
वृद्धवृद्धाहरुलाई सुगरको समस्या देखिएको भन्दै सुगर हुँदा अपनाउनुपर्ने
सावधानी बारे आवश्यक सल्लाह र सुझाव समेत दिएको बताउनुभयो ।
तानसेन नगरपालिकाले ६० बर्ष माथीका वृद्धहरुलाई विभिन्न स्थानमा शिविर राखेर सेवा दिईरहेको छ ।
Home स्थानीय खबर