चिर्तुङधाराका विष्णुबहादुरकाे घरमा आगलागी

दिपक ढुङ्गाना,
बोली । बैशाख १९ – बगनासकाली गाउँपालिका १ चिर्तुङधारा, घुगुरेडाँडाका बिष्णु बहादुर दिशाको घरमा आगलागी भएको छ ।

राहत वितरण गर्दै उपाध्यक्ष सरस्वती चिदी


आगलागीबाट क्षति भएको थाहा पाएपछि गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ आगलागी प्रभावितको घर पुग्नुभएको छ । गाउँपालिकाको गाउँस्तरीय प्रकोप व्यवस्थापन समितिले स्थलगत अवलोकन गरी पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । उपाध्यक्ष चिदीसहितको टोलीमा वडाअध्यक्ष सोमबहादुर झेंडी, टीका थापा र लक्ष्मी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

पीडित परिवार राहत सामग्री देखाउँदै

घरमा कोही मान्छे नभएको बेलामा हिजो राती सवा ८ बजे आगो लागेको पिडित बिष्णु बहादुर दिशाले बताउनुभयो । आगोमा परी घरभित्र रहेको १५ वटा कुखुरा जलेर मरेका छन् । नगद दुई लाख पच्चीस हजार, अन्न, कपडा, भाडाकुडा, टेलिभिजन लगायत तलमाथि तलामा रहेको सबै सामान जलेर नष्ट भयको छ । छिमेकीको हारगुहार पछि माथिल्लो तला र त्यसमा भएको सरसामान जोगाउन सफल भयका छन् ।


स्थानीय बासिन्दाले आगलागीबाट करिव १४\१५ लाख क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् ।