विजयकुमार बौडेल
चैत २५ – लकडाउनको समयमा जनप्रतिनिधीहरु आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता दिन आएपछी वृद्धहरु खसी भएका छन् ।
कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन लागु गरेपछी धेरै मानिस जम्मा नहुने र भिडभाड नगर्ने भएकाले तानसेन ११ बन्दिपोखराका जनप्रतिनिधीहरुले वृद्धहरुको घरघरमै गएर भत्ता वितरण गरेका हुन् । वित्तिय संस्थाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेको तानसेन ११ ले सबै सेवाग्राहीको बैंकमा खाता समेत खोलिसकेको थियो ।
तर कोरोना प्रभावले धेरैजसो बैङ्क तथा वित्तिय संस्था बन्द भएपछीे घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा नं. ११ का वडाध्यक्ष तथा तानसेन नगरपालिकाका प्रवक्ता दामोदर प्रसाद घिमिरेले जानकारी दिनुभयो । तानसेन ११ की मन ठडराई लकडाउन भएपछी समस्यामा पर्नुभएको थियो । बैंक खातामा भत्ता आउने हो कि भन्ने पिर उहाँलाई थियो । तर जनप्रतिनिधीहरु घरमै आएर भत्ता दिएपछी ठडराई खुसी हुनुभयो ।
अर्की स्थानिय मन कार्कीले जनप्रतिनिधीहरु घरघरमै आएर भत्ता वितरण गरेकोमा खुसी हुँदे धन्यवाद दिनुभयो । कार्कीले स्थानिय सरकार भनेको आफ्नै घरनजिकैको सरकार भएको महसुस गरेको बताउनुभयो ।
लकडाउन भएपछी दैनिक गुजारा टार्न समस्या भएको ठडराईको परिवारलाई घरमै भत्ता आईपुगेपछी राहत मिलेको छ । तानसेन नगरपालिका ११ ले पहिलो चरणमा घरघरमा पुगी ४ लाख ७८ हजार भत्ता वितरण गरेको छ ।