तानसेन नगरपालिका -९ मदनपोखरामा शनिबार (भोलि) तेस्रो कृषि मेला हुने भएको छ

मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तेस्रो कृषि मेला प्रदर्शनी हुने भएको हो। मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कृषि व्यवसाय कृषि उद्यम र कृषि पर्यटन प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो ।

´कृषि उत्पादन बढाऔं , परनिर्भरताको अन्त्य गरौं` भन्ने नाराका साथ तिन्टी आँप खेल मैदानम हुन लागेको हो ।

कृषि मेलामा कृषकहरुले उत्पादन गरेका कृषि सामाग्री हरु प्रर्दसनी को रुपमा राखीनेछ ।मेलामा कृषि बाली, बाख्रा कुखुरा, रैथाने बाली, कृषि औजार, बीउबिजन प्रदर्शनी हुनेछ ।
पशु रोग निदान तथा गोबर परीक्षण, बाली रोग निदान शिविर, प्लान्ट क्लिनिक, माटो परीक्षण शिविर, कृषि उद्यम अनुभव आदानप्रदान लगायतका स्टल रहने सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।

किसानले आफैले बनाएका खानाका परिकार, किसानकै गीत, नाटक र नृत्य, कृषक समूहहरूको झाँकी र्‍याली मेलाका आकर्षण रहने उहाँले बताउनुभयो ।

मध्यस्थताकर्ता, बिचौलिया, र दलालहरू विना किसानहरूको उपभोक्तासँग र वस्तु तथा सेवा प्रदायकसँग पहुँच स्थापित होस् भन्ने अभिप्रायले कृषि मेला आयोजना गरेको वडा नम्बर ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । किसानको हित, परस्पर लाभ र सम्मानसँग यो मेला जोडिएको उनले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न यो मेलाले सहयोग गर्नेछ ।

मेला सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। उत्कृष्ट किसानलाई पुरस्कृत गरिनेछ ।

मदनपोखरा तरकारी खेतीले परिचीत छ। गतवर्ष यहाँबाट ६ सय मेट्रीक टन तरकारी निर्यात भएको थियो। २ करोडभन्दा बढीको कारोबार भएको व्यवस्थापक अनिसा ढकालले बताउनुभयो ।

यो वर्षको ६ महिनामा ४२२ मेट्रीक टन तरकारी निर्यात भइसकेको छ ।

मदनपोखरामा काउली, बन्दा, भाण्टा, टमाटर, खुर्सानी, काक्रो, धनिया, साग, मुला, गाजर, सिमी बोडी उत्पादन हुन्छ ।

३०० बढी किसान सहकारीमा सुचिकृत भएर व्यवसायिक खेती गर्दै आएका छन् । पत्रकार सम्मेलन कार्यक्रम सहकारी का सचिव बेद प्रसाद सुवेदी को संचालन र अध्यक्ष घनस्याम घिमिरे को अध्यक्षतामा सम्पन्न भएको हो ।