तानसेन । तानसेन नगरपालिकाले गठन गरेकाे स्थानीय सहकारी सञ्जालका पदाधिकारीहरुले सपथग्रहण गरेका छन् ।
तानसेन नगरभित्रका सहकारीको भेलाबाट निर्वाचित सञ्जालका पदाधिकारीहरुले सपथग्रहण गरेका हुन् । निर्वाचित पदाधिकारीहरुलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सपथ ग्रहण गराउनुभएकाे हाे । तानसेन नगरपालिकाका प्रमुख शाहीले सहकारी सञ्जालले सहकारीहरुलाई एकताबद्ध बनाई नगरको विकासमा नेतृत्वदायी भूमिका खेल्न शुभकामना दिनुभयो । सरकारकाे तीन खम्बे अर्थनीति वमाेजिम सहकारीहरुसँग सहकार्य गरेर नगरको विकास गर्न सकिने विश्वाससहित सञ्जाल बनाएकाे उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सहकारीको मर्मअनुसार सहकारीहरुलाई क्रियाशिल बनाउन आग्रह गर्नुभयो ।
सञ्जालकाे संयाेजकत्वमा महेश्वर पन्त हुनुहुन्छ । भेलाले सहसंयोजकमा गंगा पौडेल, सचिवमा मीना जिसी, सहसचिमा महेश शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरुमा रीता पंगेनी, धनीसरा थापा, सकुन्तला बज्राचार्य, रामप्रसाद शर्मा र गीता भट्टराई रहनुभएको छ । संयाेजक पन्तले तानसेनका सहकारीबीच समन्वय र सरकारसँग सहकार्यकाे वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा निर्वाचन समितिका अधिकृत जोगलाल विकको अध्यक्षता चलेकाे थियाे ।