सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home प्रमुख समाचार

तानसेन ९,दमकडा लिफ्ट खानेपानी टेण्डर प्रक्रिया मा जाने

दमकडा, पाल्पा । दमकडा लिफ्ट खानेपानी आयोजना टेण्डर प्रक्रियाबाट निर्माण कार्य अगाडि बढाउने सहमति भएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवाली र तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालको उपस्थितिमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, अर्घाखाँचीका आयोजना प्रमुख अरूणकुमार खरेल र उपभोक्ता समितिका अध्यक्ष गणेशप्रसाद अर्याल बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

  • करिव १४ करोड रूपैयाँ लागत अनुमान भएको यस आयोजनाबाट तानसेन ९ का ७५६ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । दमकडा खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले पहिलो चरणमा ७ करोड रूपैयाँ बजेट स्वीकृत गरेको छ ।