विजयकुमार बौडेल
चैत २१ – रैनादेवी छहरा गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र भएका दैनिक ज्यालादारी गरी छाक टार्ने ३ सय परिवारलाई राहत सामग्री वितरण गर्ने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन बाट प्रभावित ३ सय परिवार मजदुरहरुलाई राहत सामग्री वितरण गर्ने भएको हो । हरेक वडा वडा बाट खाद्यान्न, दाल, तेल र नुनलगाएतका सामग्री राहत स्वरुप वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत केवी खत्रीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम कार्यान्वयन समिति रैनादेवि छहराको बैंठकले राहत स्वरूप ३० केजि चामल, ३ केजी दाल, १ किलो नुन र १ लिटर तेल दिने निर्णय गरेको नेकपा नेता राम बहादुर राउतले बताउनुभयो । राहत वितरण यसअघी नै तय गरिएको सिफारिस समितिको रोहवरमा हुने गाउँपालिकाले जनाएको छ ।
सिद्धेश्वरका ३५ ,सोमादीका ३५, भुवनपोखरीका ५०, छहराका ५०, मुझुङका ३०, जुठापौवाका ३५, बल्ढेङगढीका ३० र सत्यवतीका ३५ घरपरिवारलाई राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।