मान्डब्य क्रिषिको तपोभुमिमा अवस्थित दमकडा नमुना माध्यमिक विद्यालय तानसेन वडा नं ८ दमकडाको ६८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
विद्यालयका सहायक प्रभानाध्यापक होत्रि राज ढुङ्गनाले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै विद्यालयको समग्र पक्षको जानकारि गराउनु भएको थियो । समारोहमा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले वार्षिक उत्सवको अवसरमा विद्यालयलाई माया गरि आउनु भएका सम्पुर्ण पाउनाहरुलाई न्यानो स्वागत गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै प्रभानाध्यापक मोहन प्रसाद सापकोटाले आर्थिक वर्ष २०८० ÷८१ करिब ४ करोड ३५ लाख ७५ हजार ७ सय २५ रुपैया बराबरको आय व्यव प्रस्तुत गर्नुका साथै असल अभ्यास र कामको बारेमा जानकारि गराउनु भएको थियो ।
समारोहमा विद्यालयका सम्पुर्ण विद्यार्थिहरुको तर्फ बाट सिवा राना भाट , र विज्ञान अधिकारिले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भउको थियो ।
समारोहका प्रमुख अतिथि राज्यका निर्देशक सिद्धान्त, निति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्गकन समितिका सभापति तथा प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले समारोहको उढ्घाटन गर्दै विद्यालयलाई शुभकामना दिनु भएको थियो । साथै प्रमुख अतिथि ठाकुर गैरेले दमकडा नमुना माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ठ विद्यालय भएको र आगामि दिनमा विद्यालयको भावि योजना मा रहेको विद्यालयलाई थप सुविधा सम्पन्न बनाउन आफ्नो व्यक्तिगत तथा सरकारबाट हुने सहयोगमा आफ्नो महत्व पुर्ण योगदान रहने बताउनु भएको थियो ।
समारोहका विशिष्ट अतिथि नेपाल सरकारका पुर्व उधोग मन्त्रि तथा सविधान सभाका सदस्य सोम प्रसाद पाण्डेले विद्यालयलाई शुभकामना दिदै आफु विद्यालय संग धेरै नै नजिक रहेको बताउनु भएको थियो । विशिष्ट अतिथि पाण्ड्ेले विद्यालयको भावि योजना अनुसार अगि बढ्न पर्नेमा जोड दिनु भएको थियो । साथै पाण्डेले आफुहरु देशका जिम्मेवार व्यक्ति भएको ले विद्यालयलाई अझै अगााडि लैजान आफुले सहयोग गर्ने बताउनु भएको छ । यस्तै गरि अर्का विशिष्ट अतिथि माथागढि गाँउपालिका अध्यक्ष यम बहादुर चिदिले शुभकामना दिदै विद्यालयका विद्यार्थिहरुले देखाएका विभिन्न शैक्षिक, सास्कृतिक कार्यक्रमहरुबाट आफु प्रभावित भएको र शिक्षालाई गुणस्तरिय बनाउनु पर्ने बताउनु भयो । साथै चिदिले आजको शिक्षाको प्राविधिक, व्यवसायिक, रोजगार तथा उत्पादन र उध्यमि संग जोडिने खालको हुनु पर्नेमा जोड दिनु भएको हो । यसै गरि समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै विद्यालयको इतिहास र भावि योजनाको बारेमा जानकारि गराउनु भएको थियो । साथै अध्यक्ष राजेश कुमार अर्यालले विद्यालयलाई हालको अवस्था सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्णलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । समारोहको अवसरमा दमकडा प्रज्ञानको विमोजन गरिएको थियो । कार्यक्रममा विभिन्न शैक्षिक, सांस्कृतिक र खेलकुद प्रतियोगितामा विजयि हुने विद्यार्थिहरुलाई पुरस्कार प्रदान गरिएको थियो । समारोहका अवसरमा असल अभिभावकको जिम्मेवारि बहन गर्नु भएका माधव बस्याल, विष्णु प्रसाद भट्राई, त्रिसना गाहा, सरिता विक र गिता कुमाललाई सम्मान गरिएको थियो । साथै विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोष दाताहरुलाई समेत सम्मान गरिएको थियो । समारोहका अवसरमा विद्यालयले आफ्ै निर्माण गरेको पिटि गितमा पिटि प्रर्दशन गरिएको थियो । साथै विद्यार्थिहरु बाट स्काउट पिटि, ल्ऋऋ को एरोबिक नृत्य तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा पाल्पाका प्रमुख जिल्ला अधिकारि, आन्नद काफ्ले, पुर्व सांसद यादव बहादुर रायमाझि , विभिन्न शैक्षिक व्यक्तित्वहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,विभिन्न वडाका वडाअध्यक्षहरु, र विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुले वार्षिक उत्सवको अवसरमा शुभकामना दिनु भएको थियो । कार्यक्रम समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता र विद्यार्थिहरु ओजसवि आचार्य र विधुसि घिमिरेको संचालनमा सम्पन्न भएको हो ।