काठमाडाैँ। नवनियुक्त मन्त्रीहरुले सपथ लिनुभएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली हिजो मन्त्रिमण्डल पुनर्गठन गर्दै हिजो थप तीन जनालाई मन्त्रीमा सिफारिश गर्नुभएकाे हाे । उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राख्नुभएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।