नेकपाले २० हजारको उपस्थितिमा भृकुटीमपण्डमा श्रद्धाञ्जलीसभा गर्ने

२० फागुन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो ।