
पाल्पा –
फागुन २३ – जिल्ला प्रशासन कार्यालय पाल्पाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू संघसँग पर्यटकलाई गर्ने आतिथ्यता र सेवालाई सुधार गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा होटल तथा रेष्टुरेन्टहरूले सेवा, सत्कार र मर्यादित व्यवहार कायम गर्ने प्रतिवद्धता गरेका हुन् । होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले सबै होटल १० बजेसम्म खोल्न दिनुपर्ने, अावश्यक बेलामा मात्र प्रहरी चेकिङ गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
होटल व्यवसायी जिवलाल सुवेदी, जयराम सापकोटा, लक्ष्मण वस्याल, अमृत नेपाल, वसन्त कुँवर, साजन सुवेदी, शोभा कार्कीलगायतले होटल क्षेत्रमा प्रहरी प्रशासनको तर्फबाट हुनुपर्ने सहयोगका बारेमा चर्चा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मर्यादित र स्तरीय सेवाका लागि होटल व्यवसायी संघले पहल गर्नुपर्ने बताउनुभयो ।