
विजयकुमार बौडेल –
४ माघ – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड पाल्पा २०७६ सञ्चालन हुने भएको छ ।
स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश वटै स्थानिय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको हो ।
गणका गणपति सुरज थापाले प्रतियोगिता अन्र्तगत २१ कि..मी. खुल्ला ( हाफ म्याराथन ) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र –छात्रा र वाकाथुन ३ कि.मी इच्छुकको सहभागीतामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताउनुभयो ।
प्रतियोगिता अन्र्तगत २१ कि.मी.खुल्ला ( हाफ म्याराथन ) मा प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्तवना पुरस्कार ५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । यसै गरि ५ कि.मी दौड अन्र्तगत कक्षा १२ सम्मका छात्र –छात्रा बीच हुने छ । जस अन्र्तगत प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार रहेको छ ।
प्रतियोगिता अन्र्तगत २१ कि.मी दौड हाफ म्याराथुनको लागि टुंडिखेल,तानसेन बजार र भैरबस्थान मन्दिरबाट फिर्ता हुंर्दै टुंडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ कि.मी दौड अन्र्तगतको प्रयोग हुने रुट टंडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हुर्दै टुंडिखेल रहने छ । वाकाथुन ३ कि.मी को रुट टुंडिखेल, तानसेन बजार हुँदै टंडिखेलको रुट प्रयोग हुने छ ।
प्रतियोगिताको लागि सुरुमा नाम दर्ता गर्ने ३ सय जनालाई आकर्षक टिर्सटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा दर्ता शुल्क भने निशुल्क रहेको गणले जनाएको छ ।