राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भ्रष्टाचारीलाई छुटाउन सरकारले षडयन्त्रगरेको आरोप लगाउनुभयो ।पाल्पाको रामपुरमा आयोजित सभालाइ सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सो कुरा बताउनुभएको हो । उहाँले सरकारलाई खबरदारी गर्दै आँखा अगाडी देश लुटिन नदिने बताउनुभएको छ । उहाँले जनताको साथ बिना देशलाई जोगाउन नसकिने आम नागरिकको साथको अपेक्षा गर्नुभएको छ । आफूले राम्रो गर्छु भन्दाभन्दै एक माथी अर्को आक्रमण,भ्रम ,हेडलाइन थपिएको बताउदै लामिछानेले जस्तो सुकै समस्यालाइ त्याग गर्न आफ्नो पुस्ता तयार भएको जिकिर समेत गर्नुभयो ।लामिछानेले लाखौं ,हजारौ मानिस बाहिरीएको बेला अब देशम केही हुन्छ कि भनी नागरिकले गरेको र दिलाएको आशाको दियो निभ्न नदिने तर अब मेरै बाको पार्टी ,हजुरबाको पार्टी भन्ने बानी हटाउनुपर्ने बताउनुभएको छ अध्यक्ष लामिछानेले जनतालाई विस्वास दिलाउन हस्ताक्षरनै गर्न परेपनि तयार रहेको बताउनुभयो । सामान्य लहर र रहरले राजनितीमा नआएको बताउदै जानेर बुझेर सोचेर आएको बताउनुभयो । अन्य देशको विकास हेरेर अब आफ्नो देशलाई पनि परिवर्तन गर्न पर्छ भनी आएको र परिवर्तन गर्ने अठोट लिएको लामिछानेले जिकिर गर्नुभयो ।
Home प्रमुख समाचार