पाल्पाका सबै वडामा आज काँग्रेसकाे अधिवेशन हुँदै

पाल्पा । नेपाली कांग्रेसको आशन्न महाधिवेशनका लागि आज पाल्पा जिल्लामा वडा अधिवेशन हुँदैछ ।

नेपाली काँग्रेकाे १४ औँ महाधिवेशनका लागि आज जिल्लाभरका ८१ वटा वडामा एकैपटक अधिवेशन हुने नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिरेले बताउनुभयाे । अधिवेशनमा कांग्रेसका क्रियाशिल सदस्यहरुले वडास्तरीय नयाँ नेतृत्व र क्षेत्रीय प्रतिनिधिकाे चयन गर्नेछन् । वडामा सभापति, उपसभापति २, सविच २, सहसचिव २, कोषाध्यक्ष १ जना निर्वाचित हुने व्यवस्था छ । वडा समिति २५ सदस्यीय हुनेछ भने क्रियाशिल सदस्यकाे संख्याका आधारमा १५ देखि ४५ जना क्षेत्रिय प्रतिनिधि चुनिनेछन् ।

पाल्पामा कुल ९ हजार १ सय ५८ जना क्रियाशिल सदस्य रहेका छन् । सबैभन्दा धेरै रामपुर नगरपालिका वडा नं. ५ ममा ५ सय ४ जना क्रियाशील सदस्य छन् भने सबैभन्दा कम पूर्वखाेला गाउँपालिका वडा नं. ४ देवीनगरमा १७ जना क्रियाशील सदस्य रहेका छन् । वडा अधिवेशनमा सबै क्रियाशिल सदस्यले भाग लिनेछन्। 

वडाको अधिवेशनपछि गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्लाको समेत अधिवेशन हुने भएकाले नेतृत्वका लागि जिल्लास्तरीय नेताहरु दौडधुपमा छन् । पार्टीभित्र संस्थापन र संस्थापन इतरकाे वहस प्रारम्भिक रूपमा चलेकाे छ । विगतका अधिवेशनमा वडा तहबाटै हारेकाले जिल्लामा उम्मेदवार बन्न नपाएकाले पनि अहिले नेतृत्वका दावी प्रकट भएका छैनन । वडा अधिवेशनपिछ त्याे खाका बाहिर आउने अनुमान गरिएकाे छ ।