पाल्पामा एकैपटक ७५ जनामा काेराेना संक्रमण

तानसेन । पाल्पामा लकडाउन खुलेपछि सबैभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् ।  ३६ जनामा संक्रमण देखिएकोमा

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज शनिवार ७५ जनामा कोरोना संक्रमण देखिएको जनाएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार निस्दी र रम्भा बाहेकका ८ वटा स्थानीय तहका ७५ जनामा काेराेना संक्रमण देखिएकाे हाे । आज ७५ जना कोरोना संक्रमित थपिएसँगै पाल्पामा कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ ।

माथागढी गाउँपालिकामा २, रामपुर नगरपालिकामा २०, पूर्वखोला गाउँपालिकामा ९, रैनादेवी छहरा गाउँपालिकामा २, बगनासकाली गाउँपालिकामा १९, तिनाउ गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा १, तानसेन नगरपालिकामा १८ र अस्पतालमा २ गरी ७५ जनामा एकैपटक कोरोना देखिएको छ ।

पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण निधन भएको छ भने ७ सय १० जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ ।