पाल्पामा ढुङ्गाले हानेर श्रीमानको हत्या

Corpse

विजयकुमार बौडेल
बोली । बैसाख १० – पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा ढुंगा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।


रैनादेवी छहरा गाउँपालिका वडा नं ३ छचुवाकी ३९ वर्षिय मंगला कुमालले ४० वर्षिय श्रीमान् लोकबहादुर कुमाललाई ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । सोमवार बिहान ८ बजे श्रीमतीको ढुंगा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं २ घर हुने कुमालको ससुराली आएको बेला श्रीमतीको ढुंगा प्रहारबाट मृत्यु भएको हो । ढुंगा प्रहार गरी श्रीमान्को हत्या गर्ने मंगलालाई प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


दुई छोरी र एक छोरा रहेकी मंगला ईशाराका माध्यमबाट बोल्ने गरेका प्रहरीले जनाएको छ ।