रूप्सेका दामाेदर, तिहारमा फूल व्यापार

पाल्पामा व्यावसायिक रुपमा फुल खेती सुरु भएपछि तिहारमा फूलकाे व्यापार बढेकाे छ ।
माथागढी गाउँपालिका २ रुप्सेका दामोदर घर्ती, रामपुर ४ देवीस्थानका दिलबहादुर थापाले फुल खेती गरी माला र फुल बिक्री गरिरहेका छन् । तिहारका बेलामा बारीमा लगाएको फुलले यस वर्ष राम्रो बजार पाएको छ । फुल टिप्ने, माला उन्ने र बजारमा लैजान हतार हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा मालाको भाउ पनि बढेको छ ।
एक सय रुपैयाँमा एउटा माला बिक्री हुने दामोदर घर्तीले बताउनुभयो । तिहार उज्यालो र फूलको पनि पर्व भएकाले फुलको माग धेरै रहेको छ । तानसेन, रामपुर, माथागढीलगायतका स्थानमा व्यावसायिक रुपले लगाएका फूल स्थानीय बजारमा िबक्रीका लागि राखिएका छन् । तिहारमा फूलको माला नपाएर बजारका कृतिम माला लगाउनेहरुले पनि फुलका माला खोज्न थालेका छन् । फुल व्यवसायी थापाले भन्नुभयो, कार्यक्रमहरुमा खादाको साटो माला नै प्रयोग गरिदिने हो भने वर्षभरि नै फुल बिक्री हुन्थ्यो, खेती गर्नेलाई प्रोत्साहन हुने थियो ।
पाल्पामा तिहारका लागि फूल तयार, माथागढी गाउँपालिका–२, रुप्सेका किसान दामोदर घर्ती व्यावसायिक सयपत्री खेतिमा रमाउदै”- पाल्पामा तिहारका लागि आवश्यक पर्ने फूल तयार भएको छ तिहारलाइ लक्षित गरी यहाँका पुष्प कृषकहरुले फूल तयार गरी बिक्रिका लागि तयारी अवस्थामा राखेका हुन । तिहारको लागि बिशेष गरी सयपत्री, मखमली, गुर्दाैली फूलको प्रयोग गरिन्छ ।
दामाेदरकाे फूलमा लगाव 
माथागढी गाउँपालिका–२, रुप्सेका किसान दामोदर घर्तीले झण्डै ३ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्नुभएको छ । कृषक घर्तीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुष्प व्यवसाय सुरु गर्नुभएको हो ।‘फूल खेतीको पनि नेपालमा प्रशस्त सम्भावना रहेको छ । सरकारले भारतबाट फूल नल्याउने बताएको छ । कृषकका लागि खुसीको कुरा हो । सरकारले विचौलियाको पनि व्यवस्थापन गर्नुपर्छ ’ किसान घर्तीको भनाइ छ ।’सधैं आलू खेती गरिने जग्गामा फूल खेती गर्दा यहाँका अन्य किसान भने आश्चर्यमा परे । कतिपयलाई फूलले बजार पाउने कुरामा आशंका व्यक्त गरे । तर घर्तीको खेतमा फुलेको फूल हेर्न र खरीद गर्न समेत टाढाटाढाबाट व्यापारीहरु आउन थालेका छन् ।
उहाँले दशैं र तिहारका लागि दुई थरी फूल फूलाउनुभएको छ । दशैंमा केही फूल बिक्री भइसकेको छ । तिहारका लागि तयारी अवस्थामा दुई रोपनी क्षेत्रफलमा फूलहरु फूलेका छन् । एउटा मालाको एक सयदेखि एक सय पचास रुपैयाँसम्ममा घरबाटै बिक्री हुने कृषक दामोदर घर्तीको भनाई छ । तानसेन, वगनाशकाली, रामपुर, माथागढी, भैरवस्थान क्षेत्रमा फूल खेती गरिँदै आएको छ ।