पाल्पामा निषेधाज्ञा हटाइदैँ

पाल्पा । पाल्पामा पाँच महिनादेखि जारी निषेधाज्ञा भदाै २५ गतेदेखि हटाइने भएकाे छ ।

जिल्ला काेभिड-१९ स‌ंकट व्यवस्थापन समिति (DCCMC) काे बैठकले निषेधाज्ञालाई खुकुलो बनाइएको छ । यसअघि विहान ७ देखि ५ बजेसम्म मात्र सञ्चालन गर्न भनिएकाे उद्योग, पेशा व्यवसायकाे सीमा हटाइएको छ । पसलहरू नियमित रूपमा खुल्न पाउनेछन् ।

विद्यालय संचालनको लागि स्थानीय तहले अवस्था हेरेर सिफारिस गर्ने निर्णय भएको छ ।विद्यालय संचालन लगायतका विषयका कोभिड अध्यादेश तथा स्मार्ट लकडाउनको कार्ययोजना अनुसार संचालन गरिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अब सबैप्रकारका सेवाहरु तोकिएका मापदण्ड पालना गर्ने गरी खुलाउने निर्णय भएको छ ।

मठ मन्दिर, सभा सम्मेलन लगायतका भीडभाड जन्य गतिविधि बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने निर्णय भएको छ।