पुर्वखाेला गाउपालिका गाउसभाकाे १७ अाै अधिवेशन सम्पन्न भएको छ।
अार्थिक वर्ष २०८२/८३ मा गाउपालिकाकाे कुल बजेट ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैया पारित भएको छ।
असार ८ गते देखि सुरु भएको अधिबेशन मा ४ वटा बैठक बसेकाे छ । यस अधिबेशन गाउपालिकाकाे अार्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक ,बाल संरक्षण नीति , अार्थिक वर्ष २०८२/८३ काे निति तथा कार्यक्रम , विनियोजित विधेयक बजेट पारित गर्नुका साथै व्यवसायीक कृर्षक , राम्रो काम गर्ने अायाेजनाका उपभोक्ता समिति , कर्मचारीहरुलाइ सम्मान गरेको छ।
गाउपालिकाकले संघिय समपुरक बजेटबाट खल्लुक भाङ्ज्याङ विर्ता सडक स्तराेन्नति अायाेजनाका लागि १ करोड ३५ लाख प्रदेश समपुरक तर्फ सेर्काबास हेक्लाङ सडक स्तराेन्नतिकाे लागि ९० लाख हटिया जनमार्ग मा वि सडक स्तराेन्नतिकाे लागि ६० लाख संघिय विशेष तर्फ विद्यालय ICT व्यवस्थापनकाे लागि ७३ लाख प्रदेश विशेष तर्फ सुन्तलाजात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम वडा नम्बर २ जल्पा र वडा नम्बर ५ विर्काेटकाे लागि १८ लाख विनियोजन गरेको छ।
पालिका स्तरिय अायाेजनामा अाकस्मित तथा विपद व्यवस्थापनकाे लागि २० लाख असल अभ्यास मिडिया कार्यक्रमकाे लागि ३ लाख युवा स्वराेजगार कार्यक्रमकाे लागि ८ लाख ५० हजार मनाेसामाजिक परामर्श कार्यक्रमकाे लागि ५ लाख मगर भाषा संरक्षण कार्यक्रमकाे लागि ३ लाख देविनगर वडालाई पुर्ण सरसफाइ कार्यक्रमकाे लागि ३ लाख प्रशासनिक भवनकाे लागि २० लाख कृषि तथा पशुपंक्षि विकास परियोजनाकाे लागि १ करोड बालमैत्री स्थानीय शासन कार्यक्रमकाे लागि १२ लाख ढाेलिमारा सामुदायिक सास्कृतिक घर निर्माणकाे लागि १० लाख सहकारी प्रवर्द्धन कार्यक्रमकाे लागि २ लाख डाेजर जे सि वि खरिदकाे लागि ५५ लाख र ६ वटा वडालाई ६० लाखकाे दरले बजेट बविनियोजन भएको छ ।
स्थानीय पाठ्यपुस्तक लेखन तथा छपाईकाे लागि ७ लाख सुत्केरी शिक्षक विदामा बस्दा स्वयंसेवक शिक्षककाे लागि ५ लाख ५० हजार , शिक्षक र विद्यालयलाइ ल्यापटप प्राेजेक्टर व्यवस्थापनकाे लागि ७ लाख २० हजार , अभिभावक विहिन बालबालिका छात्रवृत्तिकाे लागि ३ लाख ५० हजार , नेपाल स्काउट कार्यक्रमकाे लागि ३ लाख , बाल कक्षा कुना व्यवस्थान क्षमता विकास शैक्षिक सामाग्री निर्माणकाे लागि ४ लाख ५० हजार अभिभावक शिक्षाकाे लागि ३ लाख , नसर्ने राेग सम्बन्धि स्वास्थ्य शिविर ६ वटा वडा गर्ने गरि ४ लाख , अति विपन्न तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य विमाकाे लागि ४ लाख सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि अभियानकाे लागि २ लाख उच्चरक्तचाप मधुमेह अाैषधि खरिदकाे लागि ८ लाख महिला स्वास्थ्य स्वयंसेविकालाइ मार्सिक भत्ता तथा खाजाकाे लागि ९ लाख ३६ हजार गरि शिक्षा शाखालाइ जम्मा २ करोड ११ लाख , स्वास्थ्य शाखालाइ ७० लाख कृषि शाखालाइ २५ लाख पशु सेवा शाखालाइ १५ लाख बजेट विनियोजन गरेको हाे।
अधिवेशनमा सभाका सदस्यहरुले संघिय र प्रदेश सरकारबाट संचालन हुने अायाेजनाहरु ढिलो संचालन हुने कम गुणस्तरीय हुने स्टेटमेन्ट अनुसार काम नहुने समयमै नसकिने , निर्माण कार्य गर्दा अन्य स्थानीय तहबाट निर्माण सामाग्री ल्याउदा राेयल्टिमा दाेहाेराे परेको , व्यवसाय तथा निर्माण कार्यमा अनुगमन कम भएको , ठुला अायाेजनाकाे डिपिअार नहुदा काम गर्न दुख भएको , धेरै बजेटकाे डिपिअार भएको अायाेजनामा थाेरेै बजेट मात्र व्यवस्थापन गर्दा निर्माण कार्य सुरु गर्न नसकेको , स्थानीय पाठ्यपुस्तक छपाई नभएको , कार्यपालिकाले तय गरेको निर्णय कार्यनयन नभएको जस्ता गुनासो सल्लाह सुझाव राखेका थिए ।
सभाका सदस्यहरुले राखेको गुनासोलाई गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई प्रशासकिय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले सम्बाेधन गर्नुभएको थियो ।
गाउसभामा यस वर्ष ५ लाख भन्दा माथिका अायाेजना मध्य सबै भन्दा उत्कृष्ट काम गर्ने तल्लो लेमधेम माेटरबाटाे स्तराेन्नति अायाेजना उपभोक्ता समितिका अध्यक्ष सन्ताेष कुमार बारघरे सचिव सुनिता ढेंगा , कार्यक्रम अधिकृत विनाेद नेपाल , स्वास्थ्य तर्फ पदम बहादुर थापा दर्लामि , कम्पुटर अपरेटर मन कहादुर सारु , कृषि पशु शाखाबाट हरि प्रसाद उपाध्याय सिग्देल , वडा सचिवबाट रुमि सरा दिसुवा मगर , कार्यालय सहयोगी शान्ति अाचार्यलाइ नगद सम्मानपत्र दाेसल्लाले सम्मान गरेको थियो ।
गाउपालिकाकाे गाउसभाकाे अधिवेशन गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।