पोखराथोकका ३५ घरपरिवारलाई राहत सिफारिस


गिता रेग्मी
चैत १७ – विपद व्यवस्थापन समिति पोखराथोकले आफ्नो वडाका ३५ घरपरिवारलाई राहतका लागी सिफारिस गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न सरकारले लकडाउन लागु गरेपछी जिवनयापनका लागी कठिन भएका ३५ परिवारलाई राहतका लागी सिफारिस गरिएको हो । दैनिक ज्यालादारीमा काम गरि खाने मजदुर घरपरिवारलाई खाद्यान्न स्वरुप राहत दिने सबै स्थानिय तहले निर्णय गरेका छन् ।

पोखराथोकका गरिब घरपरिवारका लागी १५ दिन पुग्ने राहत वितरण गर्ने जनाएको छ । दैनिक ज्याला मजदुरी गरि घर व्यवहार चलाउने परिवार छानेर बगनासकाली गाउपालिकाको कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष टेकनाथ शर्मा गैरेले बताउनुभयो ।

विपद व्यवस्थापन समितिले वडा भित्र सञ्चालित खाद्यान्न पसलहरूलई मुल्यसुची राखेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।