किशाेर खनाल
शिक्षक

(कविता)
बर्सेनी पुङ्ग न पुच्छरका पुस्तक फेर्न लगाउँछन्।
अभिभावलाई आर्थिक भार र मारमा पार्छन्।
लाखाैँ करोडाैँ कमिसन बुझ्छन्।
कमिसनले नै देश विदेश घुम्छन्।
शिक्षकको हक हितमा कहिल्यै बोल्दैनन्।
कहिले अनलाइन कक्षा पढा भन्छन्।
कहिले नपढा भन्छन्।
जे मन लाग्छ त्यहीँ भन्छन् गर्छन्।
शिक्षकलाई फुटबल जस्तै लात्ती हान्छन्।
महामारीको बेलामा,
शिक्षकलाई कसरी तलव खुवाउने?
कहिल्यै साेच्दैनन्।
साँचो बुझाउँछाैं सरकारलाई भनी घुर्कि लगाँउछन्।
यस्तो संस्थाका मालिकहरुलाई
ठूलाबडाले प्याब्सन भन्छन्।