“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ? गलत ठाउँमा पार्किङ गर्ने । खै ? कागजपत्र ल्याउनुस् ।” फ्याट्ट भुँडि लागेका हवल्दार साप कड्किए ।
बिरामी
भेट्न स्कुटी सापट मागेर गाको मान्छे कागजपत्रको पत्तै भएनछ, यसैमाथी
लाईसेन्स नभाको म । अक्कबक्क परें । सापले बुझीहाले यो मान्छे संग कागजपत्र
छैन भन्ने । धेरै अनुभव रैछ, आफ्नो अनुभव फ्याट्ट प्रयोग गरिहाले
महामहिमले :– “सुर परे कागज नै छैन होला ?”
मैले नढाँटी भने :– “लाईसेन्स त छैन सर, ब्लुबुक चाँही स्कुटीको डिक्कीमा छ । साथीको मागेर ल्याएको स्कुटी हो ।”
उनले
बुझीहाले :– “कुरो मिलाउने हो भने मेरो पछी पछी आउनुस् ।” चावि र हेल्मेट
चाँही नजिकैको होटलमा राख्न गए । ब्लुबुक चाहीँ आफ्नै खल्तीमा राखे ।
मलाई
थाहा थियो हरेक प्रहरी र चौकीको त्यस्तो ब्रोकर स्थान हुन्छ जसले उनीहरुको
घुस कलेक्सन गरिदिएको हुन्छ । त्यसबापत उ प्रहरीको प्यारो त हुन्छ नै ।
होटल हो भने त अझै गज्जव, राती अवेर सम्म भट्टी चलाउन पाईने, माथीबाट चेकिङ
आयो भने पुर्व सुचना पाईने । यो कुरा प्राय सबैलाई थाहा हुन्छ तर बोल्न
सक्दैनन् कोही । किनकी प्रहरी भनेको यो देशको कानुन पालना गराउने विना
वर्दीका नागरिक हुन् । उनीहरुले जे गर्न पनी पाउँछन् ।
उही
हल्सापको पछी लागिरहें, उनी सरासर हस्पिटलको गेट भित्र छिरे । ब्लुबुक
दिँदै भने :–“ट्वाईलेटमा जानुस्, त्यसको विचमा पाँच सय रुपैंया राखेर त्यो
ब्लुबुक मलाई दिनुस् ।”
मलाई
बिरामी भेट्न र घर फर्कन हतार थियो, आफैले आफैलाई अली अली जान्ने बुझ्ने
पल्टेको पनी ठान्ने म प्याच्च बोलीहालें :–“रसिद त पाईन्छ नी सर ?”
“रसिद
खोज्ने हो भने त प्रक्रिया मिलाउनै एक हप्ता लाग्छ । पठाईदिउँ त चौकी ?”
एउटा स्कुटी पनी आफै किन्न नसकेर आएको हेर्दै निमुखा देखिने मेरो अनुहारमा
थुकका छिटा उछिट्याउँदै मोटे पुलिस कड्कियो ।
साथीको
मागेर आएको, आफ्नै भए त प्रक्रियामै जान हुँदो हो । पाँच सय रुपैंयाको
लागी एक हप्ता त कसरी स्कुटी चौकीमा राख्नु भनेर खुरुखुरु ट्वाईलेटमा गएर
ब्लुबुकमा पाँच सयको नोट पट्याएर राखें अनी मोटे हल्सापलाई बुझाएँ । उनी
फेर त्यो ब्लुबुक लिएर ट्वाईलेट गए, पाँच सयको नोट आफ्नो खल्तीमा
जिप्ट्याए, अनी मेरो ब्लुबुक मलाई थमाए ।
म
स्कुटी स्टार्ट गरेर हिँड्नै लागेको थिएँ, उता फेरी अर्को मुर्गा फँसिसकेछ
। उसलाई पनी हल्साप नियम र कानुन पालना गर्न सिकाउँदै थिए :–“नियम, कानुन
भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने
………………………….।”
अली अवेर भयो भने बाटोमा फेरी अर्को प्रहरीले नियम कानुन सिकाउला भन्ने डरले टाप कसिहालें ।
“घुस
लिन्या र दिन्या दुवै यो देशका सत्रु हुन्” भन्ने पृथ्वीनारायण साहको भनाई
झ्याप्प सम्झें । घुस दिएकोमा आजबाट थप एउटा सत्रु देशले पायो । तर उनी
हल्साप भने यो देशको शत्रु गनिन्नन् है । किनकी उनी त राष्ट्रसेवक पो हुन् त
।
……………………………………………………………………………
एकपटक
हतार हतारले सदरमुकाम जाँदै थिएँ । गाउँकै दाईले चलाउने मोटे साहुको एउटा
बोलेरोमा तिन जना बसेर आएका रहेछन् । कच्ची बाटो हिँड्नु पर्ने, धुलो बाटो
भएकाले ति दाईले पनी टिठाए, आईज बस् बाबु पछाडी भए पनी । पक्की बाटो सम्म
छोड्दिन्छु । म खुरुखुरु बोलेरो पिक अप को पछाडी बसें ।
बाटोमा
जाँदा जाँदै दुईजना प्रहरी सापहरु भेटिनु भो । सुरु भो उहाँहरुको नियम र
कानुनको कुरा ः– “मान्छे बोक्ने गाडि हो यो ? के हो ताल ? खै कागजपत्र
ल्याउनुस् ।”
दाईले खुरुखुरु काजगपत्र बुझाए, म धुलो बाटो हिँड्न थाले ।
केही दिनपछी उनै दाई बाटोमा भेट भए, मैले आफ्नै कारणले कागजपत्र पक्रिएको भन्दै सोधें :–“कागज पत्र छुटायौ त दाई ?”
दाह्री मुसार्दै उनी बोले :–“जावो त्यती नी गर्न सकेनन् भने त ति मुलाहरुलाई जाँड खुवाउने मेरो साहुको के काम ?”
पछी
थाहा पाएँ, ति दाईको साहुजी संग ति प्रहरीको राम्रो सम्बन्ध रहेछ, राम्रो
सम्बन्ध भन्नाले साँझमा प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर ।
………………………………………………………………
प्रहरी
संग देखेका, भोगेको सुनेका, पढेका धेरै घटनाहरु मेरो मनस्पटलमा उब्जीरहेका
हुन्छन्, जुनसुकै बेला । कत्ती पटक त आफै जाँड खाएर मादक पदार्थ सेवन
चेकिङमा बसेको देखेको छु । यसरी कानुनको पालना गराउने वर्दीसहितका प्रहरी
देखेरै कहिल्यै पनी प्रहरी हुने ईच्छ्या भएन । कहिले काँही त हाँसो पनी
लाग्छ, यो प्रहरीहरुको कपडामा धेरै र ठुला ठुला गोजी त्यही घुस खाने ठाँउ
धेरै बनाउन होला भन्ने लागेर ।
यसो
भनिरहँदा धेरै निष्ठावान प्रहरीहरु पनी होलान्, जसले ईमान्दारिता अझैसम्म
नतोडेका होलान । तर जस्को कसम खाएर भन्नु परे पनी म तयार छु, खाने र लुट्ने
मानसिकता नभएको पहरी मैले भेटेको छैन । यसमा मलाई निकै नकारात्मक सोंचाई
भएको व्यक्ती भन्लान्, तर मलाई यसमा केही गुनासो छैन, किनकी अहिलेसम्म मैले
देखेकै छैन त के गरुँ ?
लाईसेन्स
नभई स्कुटी चलाउने म जस्ता नियम मिच्नेलाई प्रहरीले नियम अनुसार कारबाही
गरोस्, न कि ट्वाईलेटमा लगी लगी पैसा दिएर उम्किने वातावरण आफै सिर्जना
नगरोस् । प्रहरीको तलब कम हुन्छ, त्यसैले प्रहरी घुस खान बाध्य हुन्छ ।
प्रहरी दिनभरी घाम र धुलोमा खटिईरहन्छ अनी तलब पनी अरु कर्मचारी भन्दा कम
पाउँछन् । त्यसैले घुस खान बाध्य हुन्छन् ।
ए
बाबा । तलब कम लाग्छ भने मेरा बाउले जस्तै हलो जोत न । मेरा छिमेकी काकाले
झैं जुत्ता सिलाउ, मेरा दाई झैं घर बनाउने काम गर । तर तलब कम भएको नाममा
कहिल्यै पनी नागरिक संग पैसा असुल्ने छुट तिमिलाई छैन ।
मैले अहिले सम्म
* चुनावका
बेला चौकी चौकीका प्रतिनिधी प्रहरीलाई बोत्तलका बोत्तल महंगा रक्सी छोड्न
राजनैतिक दलक युवा नेता गएको देखेको छु । ति पार्टीका व्यक्तीलाई कस्ले
छुने ?
* हरेक
सामाग्री बोक्ने बोलेरो पिक अपहरुले प्रत्येक खेपमा सय पचास रुपैंया या जे
सामान बोकेका छन् त्यो प्रहरीलाई बुझाउनु पर्छ । ति व्यापारीहरुलाई कुन
कानुनले छुने ?
* हरेक होटलवालाहरुले प्रहरीलाई बेलाबेलामा सोमरस र सितन सहित केही दक्षिणा दिएका हुन्छन् । ति होटल सुहुहरुलाई कुन कानुनले छुने ?
* हरेक ठुला जुवाको खालबाट प्रहरीको लागी केही भाग छुट्टिन्छ । ति जुवाडेहरुलाई कुन कानुनले छुन सक्ने ?
* हरेक
खानी उद्योगहरुले प्रहरीको लागी बिशेश व्यवस्था गरेका हुन्छन् । ति
उद्योगीहरुलाई कुन कानुनले छुन सक्ने ? यसमा साना दर्जाका प्रहरीहरुलाई भाग
भने नपरेको हुन सक्छ है ।
यस्ता हजारौं उदाहरणहरु मैले देखेको छु । यो सुधार्न मैले मात्रै पनी सक्दिन । तर सबैले सुधार्ने कोसिस गर्यो भने पक्कै पनी सुध्रिने छ । कानुन पालना गराउन भनेर जागिर खाएका तपाँई प्रहरी साथीहरु एकपटक आफैले नैतिकतामा रहेर काम गर्नुस् ।
तपाईंको तलब कती भनेर सोध्नेले बाही कमाई पनी त हुन्छ होला नी भनेर सोध्ने आाट नगरुन, त्यस्तो छवि बनाउनुस् । आफुभन्दा माथिल्ला प्रहरी, नेता, व्यापारी, कालोबजारी, उद्योगपती, पत्रकार कसैलाई पनी नछाड्नुस् । अनी बेलुकी सुत्दा पनी हरेक दिन आनन्दको सास फेर्नुहुनेछ ।
अनी
हरेक आमा बाबुले प्रहरीमा जागिर खुवाउने बेला छोरालाई आफ्नो शिरमा हात
राखेर कसम खुवाउनुस् की बरु एक छाक खाउँला तर तेरो घुसको कमाई खान नपरोस् ।