बगनासकालीमा औपचारिक कार्यक्रम गरेरै ढिकी जाँतो स्थापना

बोली । माघ १८ – बगनासकाली गाउँपालिकामा लोप हुन लागेको ढिकी जाँतो औपचारिक कार्यक्रम गरेरै स्थापना गरिएको छ ।


महिला उत्थान समन्वय समिती बराङ्दीले औपचारिक कार्यक्रम गरेरै ढिँकी जाँतो स्थापना गरेको हो । महिला लक्षीत सिपमुलक तालिम समेतको समापन कार्यक्रममा बोल्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले लोप हुने अवस्थामा रहेको ढिकी र जाँतो समाजको मौलीक पहिचान भएको बताउदै मौलीकताको जर्गना हुनु सुखद भएको बताउनुभएको छ ।


गाउँपालीका उपाध्यक्ष सरस्वती चिदी मगरले गाउँपालिकाको अभियान प्रभावकारी रुपमा संचालन गर्ने गरी आयोजित कार्यक्रमले गरिमा बढाउने बताउदै महिला सशक्त बन्दा समाजको स्वरुपमा समेत सकारात्मक परिवर्तन हुने बताउनुभयो । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आर्थिक उपार्जन बढाउन स्थानिय श्रोत र साधनको उचित प्रयोग संगै व्यवसायीकता तर्फ लाग्न सके मात्र आर्थिक समृद्धीमा टेवा पुग्ने बताउनुभयो ।


वडा नं. ८ का अध्यक्ष गणेश प्रसाद बस्याल, वडा सदस्य ठानेश्वर बस्याल, पत्रकार दयाराज न्यौपाने, तालिम प्रशिक्षक तुलसा घिमिरे, सहभागी निमा देवी बस्याल, गीता बस्याल लगायतले तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बिषयमा जोड दिनुभयो ।
ढिँकी र जाँतो विस्तारै इतिहास बन्न थालेको, ढिकी र जाँतोमा पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि परम्परागत प्रविधिको संरक्षणमा लाग्ने प्रयास गरेको स्थानिय हरीलाल बस्यालले बताउनुभयो ।


सोही अवसरमा २०६० साल देखी व्यवसायीक बाख्रा पालन गरेका बराङ्दीका कमला पाण्डे, साबित्रा बस्याल, राधादेवी भुषाल र पुर्णकला बस्याल गरी ४ जनालाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरीएको छ । त्यस्तै ढिँकी जाँतो राख्न जग्गा उपलव्ध गराउने भोजकुमारी बस्याल र यमकला बस्याललाई समेत सम्मान गरीएको छ ।


चालु आर्थिक बर्षको १ लाख ५० हजार रुपंैयाको बजेटबाट अदुवा पैचो कार्यक्रम, टिकी, पोते, औठी र चुरा बनाउने तालिम तथा ढिँकी जाँतो स्थापना कार्यमा लगानी गरेको महिला उत्थान गाउँ समन्वय समिती बराङ्दीकी संयोजक बिमला बस्यालले जानकारी दिनु भयो ।