विश्वको लोकप्रिय क्रिकेट लिगमध्येको एक इण्डियन प्रिमियर लिग(आइपिएल)को १२औं संस्करण शनिबार(आज)बाट सुरु हुदैँछ।
यस सिजनको पहिलो खेल साविकको विजेता चेन्नाइ सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच रहेको छ।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले २०१०, २०११ र २०१८ गरी तीन चोटी आइपिएलको उपाधि उचालिसकेको छ।
यस्तै चेन्नाई चार चोटी आइपीएलको उपविजेता टोली पनि हो। २००८, २०१२, २०१३ र २०१५ मा चेन्नाई उपविजेता थियो। अर्थात चेन्नाई सबैभन्दा बढी आइपीएल खेल्ने टोली हो।
यतिका उपलब्धि हासिल गरेपनि यस टिमले सबैभन्दा बढी बदमानी पनि खेप्नुपरेको छ।
बीसीसीआई, आइपीएल र विवाद
विश्वकै सबैभन्दा धनी क्रिकेट बोर्ड बीसीसीआईले २०१६ र २०१७ मा चेन्नाई सुपर किंग्सका मालिकहरु म्याच स्पट फिक्सिङमा सामेल भएको भन्दै टोलीमाथि प्रतिबन्ध लगाएको थियो। चेन्नाईसँगै राजस्थान रोयल्सलाई पनि यी दुई वर्ष प्रतिबन्ध लागेको थियो।
आइपीएलमा पैसाको यति चमक दमक हुने गर्छ कि त्यसको मारबाट बीसीसीआई पनि बच्न सकेको छैन्। आईपीएलको सुरुवात गर्ने ललित मोदी नै हाल देशबाहिर लण्डनमा बसिरहेका छन्। क्रिकेटका नाममा कालोधन आर्जन गरेको आरोप लागेपछि बीसीसीआईले उनीमाथि आजिवन प्रतिबन्ध लगाएको छ।
आइपीएलमा पैसाको यति चमक दमक हुने गर्छ कि त्यसको मारबाट बीसीसीआई पनि बच्न सकेको छैन्। आईपीएलको सुरुवात गर्ने ललित मोदी नै हाल देशबाहिर लण्डनमा बसिरहेका छन्। क्रिकेटका नाममा कालोधन आर्जन गरेको आरोप लागेपछि बीसीसीआईले उनीमाथि आजिवन प्रतिबन्ध लगाएको छ।
यतिमात्रै हैन्, बीसीसीआईलाई उसका पदाधिकारी नभएर सर्वोच्च अदालतद्वारा गठित एक सुधार समितीले चलाई रहेको छ। यसअघि एन श्रीवासन बीसीसीआईको सर्वोच्च पदमा पदासिन थिए। तर, आइपीएलकै विवादका कारण उनीपनि बीसीसीआईबाट बाहिर निस्कनुपर्यो।
यस्तै २०१३ मा प्रहरीले राजस्थान रोयल्सका खेलाडीहरु श्रीशान्त, अजित चंदोलिया र अंकित चौहानलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गर्यो। श्रीशांन्तमाथि सट्टेबाजीको इशाराका लागि तौलियाको प्रयोग गर्ने गरेको आरोप लाग्यो। उनले एक ओभरमा जानीबुझेर नै धेरै रन दिएको खबर पनि सार्वजनिक भयो।
खबर पनि सार्वजनिक भयो।
२००८ मा हरभजन सिंहले श्रीशान्तलाई थप्पड हानेको घटनाले पनि विवादको रुप लिएको थियो। परिणाम स्वरुप हरभजनलाई ११ खेलको प्रतिबन्ध लगाइयो। यस्तै २०१२ मा बलिउड स्टार तथा कोलकत्ता नाइट राइडर्सका मालिक शाहरुख खानलाई वानखडे स्टेडियममा पाँच वर्षका लागि प्रतिबन्ध लगाइएको थियो। शाहरुखले एक गार्डका साथ लफडा गरेपछि उनीमाथि लगाइएको प्रतिबन्ध चारवर्षपछि फुकेको थियो।
चेन्नाईको बैग्लोरसँग पहिलो खेल
शनिबार साँझ आफ्नो घरेलु मैदान एमए चिन्दाबरम स्टेडियममा भारतका कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध यस सिजनको आइपिएल सुरु गर्दा चेन्नाईको मनमा पछिल्लो सिजनमा च्याम्पियन बन्दाको मिठो याद ताजै हुनेछ।
धोनीले गतवर्ष लगभग आफ्नै बलबुतामा टोलीलाई च्याम्पियन बनाउँदै कयौं क्रिकेट पण्डितहरुलाई हैरान बनाइदिएका थिए। दुईवर्षको प्रतिबन्धपछि फर्केको टिमका सदस्यमा उनले भरेको जोशले विपक्षी टोलीलाई सधैँ त्रसित बनाइराखेको थियो।
पछिल्लो फाइनलमा शेन वाट्सनले सनराइजर्स हैदरावादविरुद्ध खेल एकतर्फी नै बनाइदिएका थिए। फाइनलमा जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको चेन्नाईका लागि वाटसनले १ सय १७ रनको नटआउट पारी खेलेपछि ९ बल बाँकी छदै चेन्नाई च्याम्पियन बनेको थियो।
यो पनि: दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)
चेन्नाईको टिममा यसपटक पनि कप्तान धोनीसँगै आईपीएलमा सबैभन्दा चलेका ब्याट्सम्यानहरु सुरेश रैना, फाफ डुप्लेसी, अंम्बाती राइडु, मुलरी विजय जस्ता खेलाडीहरु छन्। त्योसँगै केदार जाधव, ड्वेन ब्रावो, शेन वाट्सन, रविन्द्र जडेजा जस्ता अलराउण्डर टोलीमा छन्।
दोस्रो तर्फ विराट कोहलीको कप्तानीमा खेल्ने बैंग्लोरले गतवर्ष अन्तिम चारमा पनि आफ्नो स्थान बनाउन सकेको थिएन्। टोलीमा यसपटक विराटसँगै एबी डिभिलियर्स, पार्थिव पटेल, नाथन ककाल्टर नाइल जस्ता खेलाडीहरु छन्। यस्तै बलरहरुमा उमेश यादव, टिम साउदी, युज्वेन्दर चहल तथा पवन नेगीलाई टोलीले निरन्तरता दिएको छ।
आइपिएलमा चेन्नाई र बैग्लोर २३ पटक आमने सामने भएका छन्। जसमा १५ पटक चेन्नाईले जित हात पारेको छ भने ७ पटक बैग्लोरले जितेको छ। पछिल्लो सिजनमा यी दुईबीच भएको दुईवटा भेटमै चेन्नाईले जित हात पारेको थियो।
यसकारण यो आईपीएल विशेष
यसपटक आइपिएल लगत्तै विश्वकप भएकाले यस सिजनको आइपिएललाई विशेष महत्वको साथ हेरिएको छ। आइपीएल २३ मार्चबाट सुरु भएर १२ मे मा सकिनेछ। विश्वकप ३० मे मा सुरु भई जुलाई १४ सम्म इंग्ल्याण्डमा चल्नेछ।
बलमा छेडखानी गरेको आरोपमा निलम्बनमा परेका अस्ट्रेलियाका ब्याट्सम्यानहरु स्टिभ स्मिथ र डेविड वार्नर पनि यसै प्रतियोगिताबाट अन्तराष्ट्रिय क्रिकेटमा पूनरागमन गर्दैछन्। स्मिथ राजस्थानबाट खेल्दैछन् भने वार्नर हैदरावादबाट खेल्दैछन्।
दिल्ली डेयरडेभिल्सले यसपटक आफ्नो नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल नाम राखेको छ। दिल्ली क्यापिटलबाट नेपालका युवा खेलाडी सन्दीप लामिछानेपनि खेलिरहेकाले टोलीका हरेक खेलमा नेपालीहरुको नजर रहनेछ।