माडी कृषि बहुउद्देश्यीय सहकारी सँस्था लि. रुप्सेको छैतौ साधारण सभा शनिबार सम्पन्न भएको छ । माथागढी गाँउपालिका वडा २ रुप्सेमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष यम चिदीले सहकारी जोखिममा परेको खबर जति आईरहेका छन । त्यसको न्यूनीकरण गर्न सेयर सदस्यहरु नै चनाखो भई पारदर्शिताको लागि संचालक समितिलाई खबरदारी खोजिनीति गर्नु पर्दछ भन्नु भयो । गाँउपालिकाले पालिका भित्रका सहकारीलाई सक्षम् र सबल बनाउनु पर्छ भन्ने मान्यता राखेर बिभिन्न समयमा सहकारी सम्बन्धी तालिम अन्तरक्रिया आयोजना गर्दै आएको र अनुगमन समेत गरिदै आएको बताउनु भयो । सो अवसरमा वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, वडा नम्बर ३ का अध्यक्ष तेज घर्ति मगर, पुर्व सहकारी प्राचार्य श्रीकृष्ण नेपाल, कर्णधार माविका प्रअ राजन अधिकारी, सनराइज पब्लिक स्कुलका प्रिसिन्पल पूर्ण थापा, निबर्तमान वडा जनक रिजेल, मनोज आचार्य लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष तुलसीराम भुसालद्वारा प्रस्तुत प्रतिबेदन र सचिव कृष्ण भट्टराईले प्रस्तुत गर्नु भएको सांगठानिक प्रशासनिक प्रतिबेदन समेत पास गरिएको थियो । माथागढी गाँउपालिका वडा नम्बर १,२,३ र ४ नम्बर सेवा क्षेत्र रहेको सहकारीले खहरे बजारमा दुग्ध डेरी, रासायनिक मल बिक्री वितरण र तरकारी संकलन गर्दै आएको छ । धन्नै ५४९ सेयर सदस्य रहेको सहकारीमा लगभग ४ करोड बराबरको कारोबार हुने गरेको छ । भने गत बर्षको तुलनामा यस बर्षको लगानीमा ३ लाख ८६ हजारले बृद्दी भएको छ ।
साधारण सभाबाट रिक्त रहेको उपाध्यक्ष पदमा जनक रिजेल र लेखा समिति सदस्यमा नबराज पन्थीलाई चयन गरेको छ । साथै जेस्ठ सेयर सदस्य टिकाराम बस्याल हिरादेवी गैरेलाई सम्मान गरेको थियो । । बार्षिक सर्वाधिक दुग्ध बिक्री गर्ने सेयर सदस्य जिबलाल अर्याल, श्रीजना भट्टराई, सम्मर बहादुर घर्ति र मिना कोईरालालाई पुरस्कृत गरेको थियो कार्यक्रम सँस्थाका अध्यक्ष तुलसीराम भुषालको अध्यक्षता, कोसाध्यक्ष बेलिसरा रानाको मन्तब्यबाट स्वागत र सचिव कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
Home समाचार







