विदेशबाट फर्केकाहरुलाई कृषि पशुपालनमा सहभागी गराउने रम्भाकाे नीति तथा कार्यक्रम

पाल्पा – रम्भा गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र वजेटलाई कृषि तथा पशुपालनलाई उच्च प्राथमिकता दिएको छ ।

गाउँपालिकाको अध्यक्ष विष्णू भण्डारी द्वारा प्रस्तुत नीति कार्यक्रममा कृषि तथा पशु पालनमा वैदेशिक रोजगारी गुमाएर फर्कनु भएका नागरिकलाई कृषि व्यावसाय तथा पशु पालन व्यावसायमा सलग्न बनाउने उद्देश्यका साथ कृषि तथा पशुपालन पेशालाई उच्च प्राथमिकता दिइएकोछ |

अध्यक्ष भण्डारीले कृषि पेशा प्रवर्द्धन तथा पशु पालन पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने, कृषि पेशालाई बढी प्रभावकारी बनाउन आधुनिक कृषि औजारहरु अनुदानमा उपलब्ध गराउने र उत्पादनमा आधारित अनुदानको प्रवन्ध मिलाइने छ | कृषि उत्पादकत्व वृद्धि गराउन उन्नत जातका विउ तथा मलको व्यवस्था अनुदानमा मिलाइने बताउनुभयो ।

रम्भा गाउँपालिकालाई आलुमा आत्म निर्भर बनाउने उदेश्यका लागि विगत वर्ष देखि आलुको विउमा दिदै आएको अनुदानमा वृद्धि गर्ने र उत्पादित आलु संरक्षण गर्न रम्भा-३, मा रहेको शीत भण्डार भरीपूर्ण गर्नका लागि सम्बन्धित कृषकहरुलाई शीत भण्डारको भाडामा छुटको प्रवन्ध मिलाइने, फलफूलमा युवा भन्ने नारालाई अगाडी सर्दै युवा जनशक्तिलाई फलफूल खेती तर्फ आकर्षित गराउन आँप, लिची, कागती, जुनार, अमिलो, अनार जस्ता र लिची कागतीको व्लक स्थापना गर्ने कार्यक्रममा जोड दिनुका साथै खाली सावर्जनिक जग्गामा समेत फलफूलका विरुवा लगाउने कार्यक्रम छ ।

नीति तथा कार्यक्रमका प्राथमिककता

शिक्षा स्वास्थ्य

विद्यालयहरुमा कम्प्युटरको व्यवस्था गर्ने, ईन्टरनेट जडान गर्ने, स्मार्ट बोर्डको व्यवस्था गरी विद्यालयको पठनपाठनमा सूचना प्रविधि मैत्री बनाई प्रविधिलाई विशेष जोड दिइनेछ | कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमको शिक्षालाई जोड दिइनेछ साथै अंग्रेजी माध्यमको कक्षा संचालन गरिएका विद्यालयको हकमा थप व्यवस्था मिलाईनेछ | प्रत्येक विद्यालयलाई बालमैत्री बनाई प्रत्येक एक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरी ती विद्यालयको अनुसरण गर्न अन्य विद्यालयलाई उत्प्रेरित गराइने छ |

पूर्ण संस्थागत सुत्केरी दिगोपनका लागि स्वास्थ्य संस्थामा संचालित वर्थिङ सेन्टरहरुलाई थप व्यवस्थित गर्दै सामुदायिक स्वास्थ्य इकाईहरुमा पनि वर्थिङ सेन्टर संचालन गर्ने कार्यक्रम ल्याइनेछ | स्वास्थ्य संस्थाहरुमा संचालनमा ल्याइएका प्रयोगशालाहरुमा गत वर्षबाट प्रारम्भ गरिएको निशुल्क सेवालाई निरन्तरता दिइनेछ | शिक्षामा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई आत्मसात गरी स्थापना भएको जन कल्याण माध्यमिक विद्यालय प्राबिधिक शिक्षालाई थप व्यवस्थित गर्दै यस आर्थिक वर्षमा रम्भा माध्यमिक विद्यालय ताहुँमा ईन्जिनियरिङ्ग विषयको प्राविधिक शिक्षा स्थापनामा जोड दिइनेछ |

स्वास्थ्य :
1. सामुदायिक स्वास्थ्य इकाइ थप तथा बर्थिङ सेन्टर स्थापना
2. निशुल्क स्वास्थ्य सेवालाई निरन्तरता ।
3. दीर्घ रोगिलाई औषधि ब्यबस्थापन तथा सुत्केरीलाई दिदै आयको आर्थिक सहयोगलाई निरन्तरता ।
4. स्वास्थय क्षेत्रमा खट्ने सम्पुर्ण कर्मचारीलाई भत्ता ।
5. स्मार्ट दम्पती तथा असल छोरा बुहारी सम्मान ।
6. Covid 19 सचेतना तथा सम्पुर्ण कर्मचारीको बिमा ।

शिक्षा :
1. ताहुमा इन्जिनियरिङ क्याम्पस स्थापना ।
2. बिधालयको पठनपाठनमा सुचना प्रबिधि मैत्री ।
3. प्रत्येक बिधालयलाई बालमैत्री ।
4. दिवा खाजालाई आधारभूत तह र दुर्घटना बिमा मा.वि तह सम्म ।
5. “आफ्नो बिधालय आफै बनाउ बालबालिकासङ हामी रमाउ” भन्ने नारा ।
6. दलित तथा बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग ।
7. बिधालयमा विधुतिय हाजिरी तथा सिसि क्यामेरा जडान ।
8. कालीगण्डकी गुरुकुलमलाई मा.वि तह तथा रम्भा बहुमुखी क्याम्पस स्नातकोत्तर तह ।
9. बिधालयमा सेनेटरी प्याडको ब्यबस्थित गरिने तथा जंगफुड निषेध ।
10. बिधालयमा गुणस्तर वृद्धि तथा विज्ञान प्रयोगशाला,पुस्तकालय ।

खानेपानी तथा सरसफाई

स्वच्छ पिउने पानीको उपलब्धताका लागि एक घर एक धाराको व्यवस्था गर्ने नीतिलाई कडाईका साथ अवलम्वन गर्दै लिफ्ट खानेपानी तथा ग्राविटी खानेपानीका आयोजनाहरुलाई अगाडी बढाइने छ | अधुरा आयोजनाहरुलाई पूर्णता दिने काममा जोड दिइनेछ | यस आर्थिक वर्षमा १५०० घरमा धारा जोड्ने कार्य अगाडी बढाइने छ | स्वच्छ जीवनका लागि सुरक्षित पिउने पानी भन्ने अभियानलाई साकार बनाउन विगत वर्षबाट प्रारम्भ गरिएको फिल्टरको पानी तथा उमालेको पानी प्रयोग गर्ने विषय लाई पूर्ण रुपमा व्यावहारमा लागु गर्दै यस आर्थिक वर्षमा पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गरिने छ |

कृषि सहकारी

गाउँ-गाउँमा सहकारी घर-घरमा रोजगारी भन्ने नारालाई सफल बनाउन गाउँपालिका भित्र संचालित सवै सहकारीहरूलाई थप व्यवस्थित बनाउदै सकृय बनाइने छ | कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु मार्फत विभिन्न प्रकारका आय-आर्जन तथा शीपमूलक तालिमहरु संचालनमा ल्याइने छ | कृषि उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई आत्म निर्भर र स्वावलम्वी बनाउन स्थलगत सिंचाई, लिफ्ट सिंचाई, थोपा सिंचाई तथा भूमीगत सिंचाई आयोजनाहरु संचालनमा ल्याइनेछ | रम्भा गाउँपालिका भित्र संचालनमा ल्याइएका विभिन्न कुलाहरुको मर्मत तथा विस्तारका लागि विशेष योजना अगाडी बढाइने छ | साना सिंचाई कार्यक्रमको व्यवस्थापनमा विशेष जोड दिइनेछ | वर्षादको पानी संकलन गर्न अग्ला भागहरुमा पोखरी निर्माणमा जोड दिइनेछ साथै सिंचाइको लागि खेर गएको पानी व्यवस्थापन गरी आवश्यक बाँधको निर्माण गर्ने काममा जोड दिइनेछ |

1. कोरोनाका कारण वैदेशिक रोजगारी गुमायर फर्कियकाहरुलाई कृषि तथा पशुपालनलाई उच्च प्राथमिकता
2. कृषी र पशुपालन गर्नेलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध ।
3. फलफूलमा युबा भन्ने नारालाई अगाडि ।
4. कृषी एम्बुलेन्स मार्फत कृषि उत्पादनलाई बजारीकरण ।
5. शित भन्डार निर्माण गरिनेछ ।
6. हुगि स्वास्थ्य चौकीमा MBBS डाक्टरको आन्तरिक दरबन्दी र गाउँपालिकामा थप एम्बुलेन्स संचालन ।
7. बिपन्न परिबारलाई स्वस्थ्य बिमा ।
8. मुटु मृगौला रोगिलाई दिदै आयको सहयोगमा निरन्तरता ।
9. दुग्ध ब्यबसायलाई डेरि स्थापना ।

पूर्वाधार विकास

रम्भा गाउँपालिकालाई सडक संजालमा जोडिन बाँकी रहेका क्षेत्रहरुलाई सडकको पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ | सडक स्तरोन्नती वर्षको रुपमा अगाडी बढाउदै ट्रयाक खुलेका सडकहरुमा पक्की नाली निर्माण गर्ने, ग्रावेल गर्ने, ग्रेड मिलाउने जस्ता कार्यमा जोड दिइनेछ |  काठका पोलहरुलाई विस्थापित गरी स्टिल पोलको व्यवस्थापन गरिने छ | गत आर्थिक वर्षमा टुकी रहित उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रम विशेष कारणले सम्पन्न गर्न नसकिएकोले यस आर्थिक वर्षमा घोषणा गरिनेछ |

1. एक घर एक धारा,लिफ्ट खानेपानी,ग्राविटी संचालन ।
2. यस आर्थिक बर्षमा १५०० घरमा धारा जोड्ने ।
3. कृषिमा स्थलगत सिचाइ,थोपा,लिफ्ट तथा भुमिगत सिचाइ संचालन ।
4. आधुनिक कृषि ब्यबस्थापनलाई बाध (Dyam) को निर्माण ।
5. काठका पोलहरु बिस्थापित गरि स्टिल पोल
6. सडक स्तरउन्नति बर्षको रुपमा नाली,ग्राबेल,ग्रेडमा जोड ।

पर्यटन

आय-आर्जनको मुख्य श्रोत पर्यटन व्यावसाय भएको हुँदा रम्भा गाउँपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलको पहिचान, गुरुयोजना तयार संरक्षण तथा विस्तार गर्ने कार्यमा उच्चा प्राथमिकता दिइनेछ | पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि रम्भादेवी, रिमिघा र कालीगण्डकी महोत्सव २०७७ संचालन गरिने छ | पर्यटन व्यावसायको मेरुदण्डको रुपमा रहेको होमस्टे व्यावसाय संचालनमा ल्याईनेछ |

सहकारी तथा पर्यटन :
1. गाउँ -गाउँमा सहकारी घर घरमा भकारी ।
2. सहकारी मार्फत कृषि तथा पशुपालनमा सहुलियत कर्जा ।
3. उन्नत विउ विजन,मल,किटनासक औषधि वितरण ।
4. पर्यटकिय स्थलको पहिचान,गुरुयोजना,संरक्षण ।
5. रम्भादेवि रिमिघा र कालीगण्डकी महोत्सव २०७७।
6. होमस्टे संचालन तथा कालीगण्डकी उपत्यकाको एकीकृत विकास गुरुयोजना ।
7. रम्भादेवि मन्दिर र रिमिघा लेकको एकीकृत विकास कार्यक्रम ।

लक्षित बर्ग घरेलु तथा साना उधोग :
1. सम्पुर्ण युबाहरुलाई मागको आधारमा सिपमुलक तालिम ।
2. खेलकुद मैदान निर्माण तथा स्तरउन्नति ।
3. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने,आदिवासी जनजाति सस्कृती संरक्षण ।
4. बालबिवाहा मुक्त,छुवाछुत मुक्त ।
5. जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान ।
6. आदिवासी जनजाति सस्कृती संरक्षण
7. परम्परागत पेशा सुदृढीकरण कार्यक्रम ।

विविध :

1. योजनाहरुमा आर्थिक पारदर्शिता,गुणस्तरीय संचालन तथा उपभोक्तालाई तालिम ।
2. आर्थिक मितव्ययी तथा पारदर्शितामा कडाइका ।
3. गाउँपालिकाको आन्तरिक आम्दानीमा जोड ।
4. सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई ब्यबस्थित गरिने ।
5. सामुदायिक बनमा अमृसो,लिचि,आँप पौष्टिक घाँस लगाइने ।
6. दैबिक प्रकोप न्यूनीकरण तथा उचित ब्यबस्थापन ।
7. सुचनाको हक सम्बन्धि नीति ।