
बोली । कार्तिक ०३ – दकमडा क्रिकेट क्लबले हरेक बर्ष आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय खेलाडिहरुको चासो बढेको छ ।
क्लबले
यसबर्ष आयोजना गर्न लागेको स्टान्डर्ड लेदर बलको प्रतियोगीताले राष्ट्रिय
खेलाडिहरुको ध्यान तानेको हो । राष्ट्रिय खेलाडि बसन्त रेग्मीले दमकडामा
हुन लागेको पाल्पा टि २० च्याम्पियन्स लिग २०१८ को तयारी र व्यवस्थापनको
प्रत्यक्ष अवलोकन गर्नुभएको छ । रेग्मीले दमकडा क्रिकेट क्लबको यो नवौं
संस्करण सम्म आईपुग्दा धेरै प्रगती गरेको बताउनुभयो ।
राष्ट्रिय
खेलाडि रेग्मीले स्थानिय तह, प्रदेश र संघ संग समन्वय गरेर यस्ता
प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्ने बताउँदै आवश्यक सहयोग गर्ने
बताउनुभयो ।
यसअघी राष्ट्रिय
टोलीका पुर्व खेलाडि शक्ति गौचनले खेल सामग्री हस्तान्तरण संगै दमकडा
क्रिकेट क्लबको पार्ट टाईम कोचको भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत
जनाउनुभएको थियो ।