विजयकुमार बौडेल –
वैशाख १५ – विद्युत गएको बेला मर्मत हुँदै गरेको सुचना होस् या फल्ट नभेटिएको सुचना । पाल्पा वितरण केन्द्रले क्षणक्षणमै हरेक सुचना सामाजिक सञ्जाल फेसबुक मार्फत दिने गरेपछी सेवाग्राहीलाई सहज भएको छ ।
बिहान, दिउँसो या राती जुनसुकै बेला विद्युत अवरोध भएपछी त्यसको कारण र मर्मत हुन लाग्ने संभावित समयका विषयमा केन्द्रले फेसबुकमा सुचना अपडेट गर्दा सेवाग्राहीले सहज महसुस गरेका हुन् । तानसेन नगरपालिका वडा नं. १ का जयराम सापकोटाले नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण साखाले सञ्चालन गरेको फेसबुकको सुचनाले धेरै सहज भएको बताउनुभयो ।
“विद्यतले यो फेसवुक आईडि मार्फत वेला वेलामा जुन जानकारी दिने गरेको छ, त्यो अत्यन्तै सह्रानिय छ । म त आजकल लाईन गयो भने फोन गर्न भन्दा पाल्पा वितरण केन्द्र आइडि खोल्न तर्फ लाग्छु जहाँ भरपर्दो खवर पाउने गरेको छु ।” सापकोटाले भन्नुभयो ।
सेवाग्राहीले फेसबुकमै आफ्ना जिज्ञासा र गुनासो पनी राख्ने गरेका छन् । वितरण केन्द्रले त्यसको जवाफ पनी त्यहीँ रिप्लाईमै दिने गरेको छ । केन्द्रले विद्युत महशुल बुझाउने समय, छुट, अनलाईन, ईसेवालगाएतबाट बुझाउन सकिने सुचनाहरु पनी राख्दा सेवाग्राहीलाई थप सहज भएको छ ।
केन्द्रले सेवाग्राहीको जिज्ञासा सम्बोधनका लागी जुनसुकै बेला उठ्ने ल्याण्डलाईन टेलिफोन पनी सञ्चालन गरेको छ । पाल्पामा पानी पर्ने संभावना हुने वित्तिकै लाईन जाने समस्या भने नभएको होईन तर जुनसुकै अवस्थाको सुचना दिने पक्षमा भने केन्द्र अगाडी छ ।
केन्द्रले सर्भिस केवल या वितरण लाईन बिग्रिएमा अथवा मिटर रिडिङ तथा बिल सम्बन्धि समस्या भएमा तुरुन्त समाधान गर्ने जनाएको छ । केन्द्रले १२ बजे सम्म खबर प्राप्त भएमा सोही दिन र त्यसपछी भएमा अर्को दिन सम्म समाधान गर्ने जनाएको हो ।
पाल्पा वितरण केन्द्रले तानसेन बजार, आर्यभञ्ज्याङ, ताहुँ, बाँसटारी, भैरवस्थान र अम्लाबासका स्थानबाट फ्यूज सेवा सञ्चालन गरेको छ । हरेक फ्यूज सेवामा सम्पर्क व्यक्ति परिचालन गरेर सकेसम्म छिटो सेवा प्रवाह गर्ने कोसिस रहेको केन्द्रले जनाएको छ ।
सेवा सम्बन्धि सुचना प्रवाह र जानकारीमा ढिलासुस्ती गर्ने प्रायः अन्य सरकारी कार्यालयहरुको लागी विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र नमुना भएको सेवाग्राहीको भनाई छ ।