पूर्व उद्याेगमन्त्री पाण्डेयले सांसद सेवा सुविधाकाे रकम विकास निर्माणमा लगाउने

तानसेन । पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले सांसद सेवा सुविधाअन्तर्गतकाे रकम जिल्लाको विकास निर्माणमा लगाउने घोषणा गर्नुभएकाे छ ।

जिल्ला सदरमुकाम तानसेनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले कार्तिक १ गतेदेखि लागू हुने गरी सांसदकाे सेवा सुविधा वापत पाउने सम्पूर्ण रकम विकास निर्माणमा खर्च गर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,  “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता पाल्पाली जनताको समस्या समाधानमा खर्च गर्छु ।” 

पूर्व उद्योगमन्त्री पाण्डेयलेस्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्वृद्धवृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिनुभयाे । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य रहनुभएका पाण्डेयले नेकपा विभाजन र आफू समाजवादीतिर रहने निर्णय भएपछिकाे सांसद सेवा सुविधा विकास निर्माणमा लगाउने हुनुभएकाे छ । पाण्डेय २०५१, २०५६, २०७० र २०७४ सालमा पाल्पाबाट प्रतिनिधि सभा सदस्य र संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएकाे हाे ।