बहुसञ्चार केन्द्र परिचय

संक्षिप्त परिचय

सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा, पाल्पा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावनालाई मुखरित गर्दै समुदायलाई सूचनाको माध्यमबाट सुसूचित गरी अग्रभागमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित गैरनाफामुखी, जनकल्याणकारी गैरसकारी संस्था हो । सूचना प्रवाह र सामाजिक परिचालनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने, सामुदायिक सशक्तीकरण गर्ने र लक्षित वर्ग दलित, जनजाति, अपाङता, ज्येष्ठ नागरिक, महिला र सीमान्तकृत समुदायको सबलीकरणमा बल पु¥याउने यसका उद्देश्यहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा दर्ता भएको यो संस्थाले सामुदायिक रेडियो मदनपोखरा सञ्चालन गर्दै आइरहेको छ । सामुदायिक रेडियो मदनपोखरा एफ.एम.१०६ थोप्लो ९ मेगाहर्ज २०५६ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको छ । यो नेपालका सामुदायिक रेडियोहरूमा एउटा उत्कृष्ट र उदारहणीय रेडियो हो । सामुदायिक भावना, श्रमप्रति आस्थावान यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, कृषक, शिक्षक एवम् नविन कार्य गर्न उत्सुक युवाहरुको लामो प्रयासपछि स्थापना गरिएको यो दक्षिण एशियाकै पहिलो ग्रामीण सामुदायिक रेडियो पनि हो ।

सूचना र विचारको प्रवाहमार्फत समुदायलाई ज्ञान, शिक्षा र मनोरञ्जन प्रदान गरी नागरिकलाई सूचनाको मालिक बनाउने र समाजको सामाजिक रुपान्तरण गर्ने उद्धेश्य राखी यसको स्थापना गरिएको हो । प्रत्येक दिन बिहान ५.३० बजेदेखि साँझ १०.३० बजेसम्म लगातार दैनिक १७ घण्टा रेडियो प्रसारण हुन्छ । ५०० वाटको ट्रान्समिटरबाट प्रसारित यसको प्रसारणले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्गजा, पर्वत र तनहूँलगायतका जिल्लालाई ढाकेको छ ।

समुदायको रुचि, चाहना र आवश्यकतामा आधारित कार्यक्रम उत्पादन तथा प्रसारण गरेर यसले रेडियोको इतिहासमै सिर्जनशील प्रसारण संस्थाका रुपमा पहिचान बनाएको छ । सामुदायिक र गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रसारण नै यसको विशेषता हो ।

सञ्चालक समिति
सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराको विधान वमोजिम गठित कार्यसमितिले रेडियोको नीतिगत योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने कार्य गर्दछ । लोकतान्त्रिक विधिबाट निर्वाचित सञ्चालक समिति हाल १२ सदस्यीय रहेको छ ।


अध्यक्षः श्री झपेन्द्रबहादुर जिसी 
उपाध्यक्षः श्री गुणाकर अर्याल
सचिवः श्री राजेशकुमार अर्याल
सहसचिवः घनश्याम घिमिरे
कोषाध्यक्षः एकप्रसाद भण्डारी
सदस्यः सोमनाथ अर्याल
सदस्यः प्रेमनाथ बस्याल
सदस्यः बासुदेव अर्याल
सदस्यः दुर्गा भण्डारी
सदस्यः लक्ष्मी पाठक
सदस्यः इन्द्रा गहतराज
सदस्यः अम्बिका भट्टराई

सञ्चार केन्द्रका बहुआयामिक कार्य
यस संस्थाले सामुदायिक रेडियो सञ्चालनका अतिरिक्त बोली वार्षिक पत्रिका प्रकाशन  र बोली दैनिक डट कम अनलाइन सञ्चालन गर्दै आएको छ । www.bolidainik.com बाेली पत्रिकाकाे नाममा सूचना तथा प्रसारण विभागमा दर्ता गरिएकाे छ । रेडियो, टेलिभिजन, पत्रिका, अनलाइन जस्ता सञ्चार माध्यम सञ्चालन गर्न सक्ने संस्थाको उद्देश्य रहेको छ ।

सामुदायिक बहुसञ्चार केन्द्र मदनपाेखरा, पाल्पा

सामुदायिक रेडियाे मदनपाेखरा

तानसेन नगरपालिका ८, मदनपाेखरा, पाल्पा

फाेन ०७५४१२०५५, ४१२०५६

इमेलः radiomadanpokharaoff@gmail.com, crmhalchal@gmail.com