माथागढीमा एकैदिन बाह्र जनामा कोरोना संक्रमण देखियाे

माया बस्याल – 
जेठ २८ – माथागढी गाउँपालिकामा एकै दिन थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

यसअघी संक्रमण पुष्टी भईसकेका एकजनाको संभावित सम्पर्कमा आएकाहरुको स्वाब परिक्षणपछी थप १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । यसअघि पुष्टी भईसकेका व्यक्तिको संभावित सम्पर्कमा आएका २२ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । थप संत्रमितहरु पहिले नै संक्रमित भईसकेका व्यक्ति संगै क्वारेन्टाइनमा बसेका थिए । याे सँगै माथागढी गाउँपालिकामा मात्रै संक्रमितहरुको संख्या १३ पुगेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । 

कोरोना भाईरस संक्रमितहरुलाई तानसेनको आईसोलेसनमा लैजाने तयारी रहेको गाउँपालिकाले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गाउँपालिकामा ठुलो संख्यामा कोरोना संक्रमितहरु बढ्दा सर्वसाधारणहरु त्रसित अवस्थामा छन् । गाउँपालिकाले सबैलाई सजग र सतर्क रहन अुनुरोध गरेको छ ।