शक्ति गौचन दमकडा क्रिकेट क्लबको कोच, बसन्त रेग्मीको साथ

बसन्त रेग्मी

बोली । कार्तिक ०३ – दकमडा क्रिकेट क्लबले हरेक बर्ष आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय खेलाडिहरुको चासो बढेको छ ।


क्लबले यसबर्ष आयोजना गर्न लागेको स्टान्डर्ड लेदर बलको प्रतियोगीताले राष्ट्रिय खेलाडिहरुको ध्यान तानेको हो । राष्ट्रिय खेलाडि बसन्त रेग्मीले दमकडामा हुन लागेको पाल्पा टि २० च्याम्पियन्स लिग २०१८ को तयारी र व्यवस्थापनको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । रेग्मीले दमकडा क्रिकेट क्लबको यो नवौं संस्करण सम्म आईपुग्दा धेरै प्रगती गरेको बताउनुभयो ।


राष्ट्रिय खेलाडि रेग्मीले स्थानिय तह, प्रदेश र संघ संग समन्वय गरेर यस्ता प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्ने बताउँदै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
यसअघी राष्ट्रिय टोलीका पुर्व खेलाडि शक्ति गौचनले खेल सामग्री हस्तान्तरण संगै दमकडा क्रिकेट क्लबको पार्ट टाईम कोचको भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।