साविक विजेता पोर्चुगलले युरो क्वालिफायरमा खेल्यो बराबरी

साविक विजेता पोर्चुगलले युरोकपको छनौट खेलमा युक्रेनसँग बराबरी खेलेको छ।

करिब ९ महिनाको आरामपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगिज राष्ट्रिय टोलीमा फर्किएका थिए। यद्यपी उनले कुनै गोल गर्न सकेनन्।

पोर्चुगल र युक्रेनबीच शुक्रबार राति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो।

खेल अवधिभर पोर्चुगलले युक्रेनमाथि आफ्नो दबदबा कायम राखेको थियो। पोर्चुगलले १८ वटा कर्णरको मौका पाएको थियो।

पोर्चुगलले १८ पटक नै गोलका लागि प्रयास गरेको थियो। जम्मा ६ बल पोस्टको दिशामा गयो। कुनै बलले पोस्टको जाली चुम्न सकेन।

बराबरीसँगै दुवैले एक–एक अंक बाँडेका छन्। युरोकप छनौट खेलको समुह बीमा रहेको पोर्चुगल १ अंकसहित दोस्रो स्थानमा छ।

लक्जेमबर्ग ३ अंकसहित शीर्ष स्थानमा छ भने १ अंक भएको युक्रेन तेस्रो स्थानमा छ। अंकविहिन सर्विया र लिथुनिया क्रमश चौथौं र पाचौं स्थानमा छन्।