सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव ऐतिहासिक रानीमहलको रङ फेरिएपछी सामाजिक सञ्जालमा बहस असार पन्ध्र: किसानलाई रोपाईंकै चटारो बिद्यालयबाट क्वारेन्टिन हटाउने कि ? विदेशबाट फर्केकाहरुलाई कृषि पशुपालनमा सहभागी गराउने रम्भाकाे नीति तथा कार्यक्रम पूर्वखोला गाउँपालिकाको बजेट ४४ करोड, कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता

डियर कमरेड !

विजयकुमार बौडेल – 

लेख्नलाई समय चाहिन्छ भन्ने धेरै लेखक भेटेको छु मैले । तर मलाई लेख्न समय हैन मुड चाहिन्छ ।

‘कतिखेर समय मिलाउँछस् यार ! लेख्नलाई ?’ धेरै जसो अग्रजहरुको पहिलो प्रश्न यही हुन्छ मेरा लागि । म खिस्स हाँसेर टारिदिन्छु । उनीहरुको अगाडी मुडको कुरा गर्न पनी खासै उपयूक्त लाग्दैन । उनीहरुलाई चित्त बुझ्दैन सायद । फेरि त्यही प्रश्न दोहोरिन्छ । म कुरा अन्तै मोडिदिन्छु ।

मेरो पनि आफ्नै भोगाई छन् । कति अरुसँग मिल्छन् र तिनै कथा बनिदिन्छन् । कति अझै ओकल्न बाँकी छन् । ओकल्ने तरिका भनेकै लेख्ने हो । पढ्नेहरु वा ! वा !! भन्दै आउँछन् कथा जस्तै मानेर । नपढ्नेहरु पनि शीर्षक मात्र पढेर भए पनि आउँछन् वा ! वा !! गर्दै । तर हौसला चैं सबैले दिन्छन् ।

‘कति पीडा र विभेदका कुरा मात्र लेख्छस् यार ! कहिलेकाहीँ त जीवनका मोजमस्ती पनि लेख न । एकजनाले भेटेरै भने । खिसिक्क हाँस्दै भन्दिएँ ‘जीवनमा पीडा बाहेक केही छैन । जति निस्कन्छन् सबै पीडाका कथा बनिदिन्छन् । अब खुशी हुने दिन नजिकै छन् त्यसपछि खुशी नै खुसी ।’ ऊ हाँस्यो । म नहाँस्ने कुरै भएन ।

उसको ध्यान अन्यत्र मोड्न चाहे ‘चिया पिउँ है ?’
उसले घडी हे¥यो, अब चिसो चिया पिउने बेला भयो, कुन चिया खुवाउँछस् ?’
एकछिन दुबै हाँस्यौ, फेरि । मैले छिमेकमा भएको चिया पसलबाट दुई कप चिया अर्डर गरे अनि मोबाइलको स्क्रिन अन गरे । तीनवटा म्यासेज । एउटा उनको थियो ।

उनी
परिचय हजुरहरु सँग पनि गराउन मन छ, तर अव परिचित गराउन धेरै समय छैन । सके जन्ती नै बोलाउँला, नसके भोजमा । त्यसमा पनी भएन भने फेसबुकमा शुभकामना दिएका शब्द हेरेर थाहा पाउनुहोला । उनी अर्थात् मेरो गोप्य लभर पनी हैनन् । पछिल्लो समय फेसबुक र टिकटकमै सार्वजनिक गरिदिएको छु । सुरुसुरुमा त पानका पात र ईमोले मुख छोपी छोपी फेसबुकमा स्टोरी राख्न खुब मरिहत्ते गरियो । पछि लाग्यो ह्या ! जिवन कटाउने मान्छे पनी गोप्य राखेर हुन्छ त ?

जीवनमा केही त्यस्ता पात्र हुन्छन् जो समाजमा देखिँदा छुट्टै नातामा देखिन्छन् भने गोप्यमा छुट्टै नाता । तर मैले उनलाई देख्दै असल साथी मानेको थिएँ । आफन्त र नजिकका ईष्टमित्रले सिधै कुरा चलाउने कुरा गरे । मैले भनें । जिवन काट्ने मान्छे संग म आफै कुरा गर्नुपर्छ । मैले नै बुझ्नुपर्छ ।

मैले उसलाई डियर कमरेड भन्छु । उ पनी मलाई कमरेड नै भन्छे । डियर कमरेडको अर्थ नै खोजी हेरें अनी उसलाई पनी म्यासेज गरें ।
डियर कमरेड
जब कोइ अपने अधिकारोके लिए लड्ता हे, उसे बडी हिम्मतसे काम लेना होता हे, हो सकता है उसे बहुत सारे परेसानीओको सामना करना पडे, उस वक्त जो हौसला बढाता हे, और मन्जिल पानेमे उसकी मद्दत करे

उस इन्सानको कहेते हे कमरेड ।

हिन्दी बुझ्दिन भन्ने उसलाई एक एक शब्दको अर्थ बुझाएँ । डियर कमरेडका आँखामा आँशु आए ।

म पत्रकार हो । रेडियो र अनलाईनको पत्रकार । मेरो घरभन्दा करिब करिब दुई सय पचास किलोमिटर टाढा बस्ने उ । अब कोइकोई साथीले हिसाब लगाउँदै हुनुहुन्छ होला । यती टाढा ।

तर मलाई लाग्छ दुरी त केवल मन नहुनेहरुको लागी मात्र न हो । मन र विश्वासलाई साथमा राखेर अघी बढे दुरीले झन माया गाढा हुन्छ । यो दुरीको विचमा धेरै मानिसहरुले भाँड्न र बिगार्न पनी नखोजेका हैनन् तर विश्वास र भरोसाको अगाडी कसैको केही लागेन । हाम्रो सम्बन्धलाई देखेर ¥याल चुहाउने धेरै भेटिए तर बिगार्न कदापी सकेनन् र कहिल्यै सक्दा पनी सक्दैनन् । लौ जा !

मैले मोबाइल खेलाउन थालेसी ती मोजमस्तीका कथा लेख भन्ने महासय टाप कसेछन् । धन्न चिया चै पिएछन् । मैले मोबाइलमा उसलाई रिप्लाई गर्दिएँ । ‘कता बिजी साना ! फोन गरम ?’ उत्तर आएन ।

फोन गरें, उठेन । फेरी फोन गरें स्विच अफ ।

म अनि पश्चिमको तानसेन बजार ।
एक अर्काको आखाको दहमा
डुबेका छौ । फोन लाग्दैन
परेली झिमिक्क नगरी
म पर्खिरहेको छु ।

जन्मिनै लागेको त्यो नाबालक सम्बन्ध
बर्षिन लागेको आकाशको परेलीमा
केही छिटा रातो परेको छ,
त्यो छिटाको एक छिर्का उच्छिटिएर
मेरो आखाको नानीमा थपक्क बसेको छ ।
निद लाग्दैन पटक्कै ।

अनि कोरिएको छ एउटा
रातो धर्सो मुटुको बीचमा प्रेमको रङ बनेर ।
फेसबुकमा म्यासेज लेखेकै भरमा काटें रात उनैलाई सम्झँदै ।

प्रेम सम्बन्धको कथाको न छेउ छ न त टुप्पो । कहाँबाट शुरू गरूँ ।
ऊ रिसाएकी थिई । पैला फकाउँ कि आफ्नै कथा भन्न थालु । एकछिन फेरि दोधार भयो । पैला फकाउँछु । ऊ नै नरहे कथा कहाँ रहला र ?

नरिसाउ न, कुरा गर न । सरी । मैले फकाउन जानेको शब्द यत्ति हो । तर, ऊ म्यासेज हेरेर पनि बोलिन । मतलव रिप्लाई गरिन ।

अनलाइनमै बसेकी उसलाई फेरि लेखें ‘कान्छी ! हाम्रो सम्बन्ध जुनीजुनीलाई हो, जिवनमा कती समस्या पर्छन, मान्छे मरेर जानु पर्छ । रिसलाई लामो समय राख्नु हुन्न । यो पटक उसले म्यासेज हेरेको दुई सेकेण्डमै केही लेख्न थाली ।
म्यासेन्जरमा देखियो । डियर कमरेड ईज टाईपिङ………. म मख्ख ।

‘बादर !’ उसले यत्तिमात्र पठाई ।

कसैले मलाई बाँदर भनोस् त, ओ हो म साच्चिकै बाँदरै बनेर ऊ माथि जाइलाग्छु होला । बाँदरले न आफ्नो घर बनाउँछ न अरुको बन्न दिन्छ भन्या जस्तै म क्रोधले पागल हुन्थें होला । तर अफसोच ! उसले बाँदर भन्दा म आफूलाई सलमान खान भन्दा हेन्सम भएको महशुस गरें । संसारकै सबैभन्दा सुन्दर पुरुषको कल्पना आफैमा गरें । यति खुशी भएँ कि अहिले के बयान गरुँ ।

कथा भन्न भनेर बसेको म । उसलाई फकाउन च्याटमा हाजिर भएको म । मैले दस मिनेटमा फकाएर फेरि आफ्नो बनाएँ ।
मीठो शब्द लेखेर पठाए “नक्कली”
उसले भनी “हजुर”

शुरू भयो हाम्रो प्रेम वार्ता । जीवन चलाउने देखि प्रगति गर्नेसम्म, इज्जत गर्नेदेखि नाता सम्बन्ध गाँस्ने सम्मका कुरा भए, अनि हुन्थे । जाबो आई लभ यु र मिस यु साना त कति भनियो कति । पछिल्लो चरणको च्याटमा त चुप्पा सम्म दिन भ्याएँ । तर उसले त्यसको रिप्लाई दिईन ।

उसले हास्दै भनी “छ्या ईन्टरनेट कस्तो झिरझिर आएको । केही बुझिन ।”

मैले पनी बुझाउने कोसिस गरिन । नबुझेकालाई पो बुझाउनु, बुझेर पनी जिस्काउनेलाई के बुझाउनु ?

दैनिक रुपमा हुने कुराले हाम्रो घाग्रान लभ प¥यो । ‘जिना सिर्फ मेरे लिए’ भन्ने खालको लभ प¥यो । एताबाट ‘आई लभ यु’का झटारो अनि यताबाट ‘टु’ मात्रका पुष्पगुच्छा कति फ्याँकियो कति ।

फोटो आदानप्रदान हुन्छ । चट्ट हेन्सम देखिएको फोटो म पठाउँछु । उ पनि उस्तै राम्री भएको फोटो पठाउँछे । फर्सी झैं पुक्क फुलेको अनुहार उसले हेर्छे । पाक्न लागेको स्ट्रबेरी झैं उसको अनहार मैले हेर्छु ।

मनमा कुरा फुर्छ । तिमीलाई बिदा गर्न कुनै रोमान्टिक कविको कविताले पनी सक्दैन ।

दुर्भाग्य ! म फरक तरिकाले सोच्छु । जुन मेरो बानी हो ।

कुनै डाँकु होस् या सन्त । उसको अन्तिम सहारा प्रेम हो ।

तिम्रो नाममा यो पहिलो तर अविष्मरणिय हो

प्रथम रजस्वलाको रगत जस्तो यो कथा विल्कुल काँचो हो, मन भित्रैको कथा हो ।

म यो जिवनलाईलाई देखावटी बनाउने छैन । म यो जिवनमा कुनै फूलबुट्टा भर्ने छैन । म यो जिवन कुनै पराईलाई छुन दिने छैन ।

यो कथा
कुनै क्रान्तिकारी कविले धार्नी र बिसौलीमा विम्ब जोखी जोखी लेखेको कथा होइन ।

यो कथा
कुनै कृष्णभक्ति धाराको कविले बिहानै गङ्गा–स्नानपछि पवित्र चन्दन धसेर पलेंटी मारेर सोचेको कथा पनि होइन

म जे लेख्दैछु साँचो–सही–सलामत लेख्दैछु हुन त यावत् व्यहोरा नलेखे पनि हुने
थियो
तर, लेखेँ– यति लामो कथामा मैले भन्नु पर्ने एउटा सरल वाक्य न हो जुन संसारकै जटिल भाषा हो,

त्यो अब म लेख्छु–
‘‘म तिमीलाई प्रेम गर्छु !’’ म यसलाई हजारौं पटक
लेख्न चाहन्छु । हजारौं पटक भन्न चाहन्छु ।

तर, जिन्दगीमा यति यथेष्ट ‘टाइम’ र ‘स्पेस’ नहुन पनी सक्छ ।
वश् ! एकैखेप दोहो¥याउँछु !

‘‘म तिमीलाई प्रेम गर्छु !’’