सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव ऐतिहासिक रानीमहलको रङ फेरिएपछी सामाजिक सञ्जालमा बहस असार पन्ध्र: किसानलाई रोपाईंकै चटारो बिद्यालयबाट क्वारेन्टिन हटाउने कि ? विदेशबाट फर्केकाहरुलाई कृषि पशुपालनमा सहभागी गराउने रम्भाकाे नीति तथा कार्यक्रम पूर्वखोला गाउँपालिकाको बजेट ४४ करोड, कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता

जीवन : चिहान सम्मको दौड

विजयकुमार बौडेल – 

सेतो कात्रोमा गोजि हुदैन । मसानघाटमा रोजी हुदैन । किन तँछाड मछाड गर्दैछौं ए साथी ?
मरिसकेपछी कसैको खोजी हुदैन ।

सानै थिएँ, पैसा कमाउन सजिलो थियो, बाबाममी संग माग्ने, नदिए रुने, कहिलेकाँही बाबाको गोजी बाट ५÷१० रुपैंया सुटुक्क निकाल्ने । बुबा जुन उमेरसम्म रूख चढ्न सक्नु हुन्थ्यो म साेंच्थे पैसा रूखमा फल्छ । जब त्यो रूखसँग सँगै बुबा बुढो हुनु भयो र रूख चढ्ने पालो मेरो आयो । रूखमा मैले पैसा हैन, पात मात्रै पाए र थाहा पाएँ आज बुबाको पैसामा आउने त्यो नमिठो गन्ध उहाँको पसिनाको थियो ।

 

बुबाले पसिनासँग साट्नु भएको पैसा र त्यो पैसासँग साटेको मेरो नयाँ लुगा आजभोलि जति पुराना भएका छन् । त्यति नै ताजा भएर आउँछ ति यादहरू र म हेर्छु आजकाल यी ठेला उठेका हातहरू अनि सम्झन्छु बुबाका ती आधा भरिएका पेटहरू जो अघाएनन् कहिल्यैै “म” नअघाउँला भनेर ।

आजकल,
आजकल आफ्नो निधारबाट बगेका पसिनाहरू जब देख्छु आफै, मैले नदेख्ने गरि भिजेका बुबाका सिरानीहरू सम्झन्छु । आखिर, आँशु र पसिना उस्तै उस्तै हो सायद पसिना घामको राप सहन नसकेर बग्छ र आँशु मनको ताप सहन नसकेर बुबा उभिनु भएको त्यो धरातलमा आज म खडा छु र म बल्ल बुझ्दैछु जिन्दगी ।

हो, म जब बुवाको जिम्मेवारी सम्हाल्न सक्ने बने, मैले बुबालाई धेरै सम्झेँ र आज म सम्झँदैछु, मैले समयमा नसम्झेको यो कुरा कि पैसा रूखमा फल्दैन । सुघेर हेर, हरेक नोटमा मेरो पसिनाको नमिठो गन्ध आउँछ ।

बुवा जस्तै तिमि र म पनी कुनैदिन सेतै फुलौंला ।

सुखै सुखले दिएको पिडा दुखमा परिणत होलान् । भरिएको गाग्रि पोखिन थाल्ला । ढकमक्क फुल अनि राम्रो रुप पनी उमेर संगै चाउरिएर जाला । हामी बुढा बुढी एक्लै घरमा हौंला । छोरी बिहे गरि टाढा घर जालीे, जेठो छोरा बिदेशतिरै हान्निएला । कान्छो छोरा सधै मोबाइल फोनमा झुण्डिएला । तिमि र म एक्लै हौंला ।

तर बर्षको एक चोटि
मुख हेर्ने दिनमा कहिले म बुढाको त कहिले तिमी बुढिको फोटो हाल्लान् फेसबुक र ट्वीटरमा । चिनेको साथीभाइ र केही नातेदारहरु सबैले त्यो दिन तँछाड मछाड गर्दै लाइक र कमेन्ट हान्लान्, तिमी उता खोक्दै चुलोमा भात भर्साउँदै होलेउ, म पिँढीमा बसेर लौरोले कुखुरा धपाउँदै हुँला । त्यतीबेला न फेसबुकको रमाईलो हेरिएला, न टिकटक नै ।

एउटा सानो झुपडीमा मात्र तिमि र म हुँला, छोराछोरी आफ्नै सुरमा होलान् । नातीनातीना त झन धत् फोहरी बुढाबुढी भन्दै जिस्क्याउलान् । तर शंका लाग्छ
हामीलाइ अहिले चिन्ने कत्तिले त्यो बुढो अवस्थामा चिन्लान् कि नचिन्लान् ? सम्झेलान कि नसम्झेलान् ? खै कुन्नि ? बाटोमा भेटे देखेझैं गर्लान कि नगर्लान ? बोल्छन कि बोल्दैनन ?

पोहोर साल सबैजना हाँस्दै घरमा रङ पोतेका छोराबुहारी बजार पस्लान् । छोरो विदेश गए बुहारी मात्र भएपनी बजार छिर्लिन । तिमी छोराछोरीको सम्झनामा चाउरी परेको अनुहार आँशुले पोत्दै धुँवाले डढेको भित्तो माटोले पोतौली ।
म दुखेको ढाड समाती समाती बर्षभरी नधोएका कपडा धुन थालौंला । चाडबाड मान्न अरु कोही नहोलान् । सपना बेचेर सपना किन्न हिँडेका हामी कतीबेला अस्ताउँला ? जतीन्जेल संगै भईएला, निरन्तर यसरी नै बाँचौंला ।

बर्षौंदेखि हजारौं माईल यात्रा गरेर थाकेका पैताला पटपट फुटेका होलान् । कहिले खाली खुट्टा हजारौं उकालो चढेको याद त कहिले वर्षौँ पहिलेदेखिका आमा, बाबु र गुरुहरूका पिठ्युँका धापहरूले जीवनभर रोमाञ्चित गरिरहलान् ।

देशभरी बुढा पाका मात्र होलान् , युवा जती त्यही खाडीमै जालान् । आउलान् भन्ने आश त कमै होला, बाध्यताले आउनेहरु पनी काठको बाकसमै आउलान् । यता पुरानो घर चुहेर आमाबाबु भिज्दै होलान् ।
आफ्नो घर चुहेको छाडेर अर्कैको घर छाउन जालान् ।

गरिब झन झन गरिव हुँदै जालान् । गरिबको शरीरमा लुगा छैन, धनी झन झन धनी हुँदै जालान् । शरिरमा कसैको लुगा छैन,
गरिबलाई गरिबिले उतारेको होला, धनीलाई सम्पत्तिले उतारेको होला । धनी संग धन मात्र होला । गरिब संग मन मात्र होला । धन हुनेहरु संग मन कहिल्यै नआउला, मन हुनेहरु संग धन कहिल्यै नआउला ।

गरिब भएपनि अहिले सम्म भिख माग्नुपरेको छैन । एकदिन कमाउछु, म अझै मरेको छैन । थाहा छ मलाई कोही महलमा बस्छन् तरपनी म त सडकमा बास गरेको छैन । टालेको लगाउँला, सिस्नो खोले खाउँला । तर मान्छेको नजर बाट झरेको छैन ।
पसिनाको कमाईले सधै सन्तुष्टि दियो । जता सुख छ, म उतै उतै सरेको छैन । मान्छे कहिलेकाही काम लाग्छ भनेर । दुश्मनलाई पनि कर्के आँखा तरेको छैन ।

दुःख पाउँदा दुःखी हुन सक्नेले सुख पाउँदानी दुःखी हुन सक्नुपर्छ । आफुलाइ दुःखी सम्झिनहरुले अरुको पीडा पनी बुझ्न सक्नु पर्छ, दुःख पाउँदा भगवानलाइ पुकार्नेले सुखमा पनी भगवानलाइ पुकार्नु पर्छ । दुःख पाउँदा मलाइनै दुःख किन भन्नेले सुखमा पनी मलाइ सुख किन भन्न सक्नुपर्छ ।

जसको एउटा पनि सत्रु छैन, जो सत्रु छ त्यही मित्र बन्छ, दुनियामा समस्या नभएको को होला, समस्या बिहिन त चितामा पो पुग्छ ।

ओए । मान्छेको जात
एक मुठी गास, एक मुठी सास र अलिकति जिउनुको आभासका लागि नमर्दासम्म एउटा कौवा पनी पखेटा फट्फटाउदै उड्छ । मान्छे चाहना भट्भटाउदै हिँड्छ । के फरक भो कौवा र मान्छेको बिचमा ?

मृत्युलाई धकेली धकेली मृत्युकै संघारसम्म कौवाले काट्ने समय र मान्छेले बिताउने जीवन के यौटै होइन ? फोस्रा शब्दालङ्कार र बोक्रो दर्शनलाई छोडाउने हो भने
मान्छे पनी नाङ्गो छ जसरी कौवा नाङ्गो छ ।

बाँकी जीवन मस्ति गरौँ, जस्तो सुकै होस । के लानु छ र मर्दा खेरि खालि हात जान्छौँ धेरै छटपट किन गर्नु यसै उसै मर्छौ मर्छौ ।

के को चिन्ता बोकिरहनु यो मर्ने चोलामा मरेपछि खरानी नै बग्ने होखोलामा । फेवातालको किनारमा बसि एकोहोरो टोलाइ रहेको मृत आत्माले चीर निद्रामा बोलाइ रहेको झुस्स दारी पालेर दृष्टि माथी कालो चस्मा हालेर इच्छा मरेको लास झै थिच्चिदै घिच्चिदै आकाश खन्न निस्किन्छ

समय गतिशिल छ समयले दिएको चोट समयले नै भर्ने रहेछ । जिवनमा दुख पछि नै सुख आउँछ भन्छन् । तर त्यो सुख पछी फेरी दुख पनी अवश्य आउँछ । जिवनमा अनगिन्ति मोडहरु आउँछ र जान्छ । सुख र दुखको बीचमा बाँच्न सक्नेले वास्तविक जीवन बाँच्न सिकेको हुन्छ ।

जस्तो सुकै परिस्थितमा पनि लड्न सक्नु पर्छ । यो नै सफलताको मानव जीवनको सार्थकता हो । जिवनमा धेरै कुरा गुमाए पनी त्यो भन्दा धेरै कुराहरु पनि पाएको छु भनेर आत्मसन्तुष्टी हुन सिक्नु नै जिवन हो । सर्घष नै जिवन हो । तनाबले नै त मान्छेलाई संघर्ष गर्न सिकाउँछ, तिखार्छ, मस्काउँछ, चम्काउँछ अनि पूर्ण परिपक्क मान्छे बनाउँछ । यो कुरा कदापी विर्सन हुँदैन । संघर्ष गर्नेहरु बाँच्छन्, नसक्नेहरु लापत्ता भएर जान्छन् । डाईनोसर जस्तो ।