सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव ऐतिहासिक रानीमहलको रङ फेरिएपछी सामाजिक सञ्जालमा बहस असार पन्ध्र: किसानलाई रोपाईंकै चटारो बिद्यालयबाट क्वारेन्टिन हटाउने कि ? विदेशबाट फर्केकाहरुलाई कृषि पशुपालनमा सहभागी गराउने रम्भाकाे नीति तथा कार्यक्रम पूर्वखोला गाउँपालिकाको बजेट ४४ करोड, कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता

रिब्दीकाेटकाे नीति कार्यक्रम : कृषि र राेजगारी प्राथमिकता

पाल्पा । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम  प्रस्तुत गरेको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको सातौं गाउँसभामा अध्यक्ष नारायण बहादुर जिसीले पेश गर्नुभएकाे आर्थिक वर्ष २०७७।०७८ काे वार्षिक नीति तथा कार्यक्रम पारित भएकाे छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकाभित्रका जनताको आर्थिक विकास, कृषि र पशुपालन विस्तार भन्ने मुल नारा अनुरुप कृषि र पशुपालनको क्षेत्रमा लगानी अभिवृद्धि गरी थप विकास, विस्तार र प्रवद्र्धन गर्ने बताउनुभयाे । नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष जीसीले दुधमा दिइदै आएको उत्पादनमा आधारित नगद अनुदान आगामी वर्षदेखि सुन्तला, कागतीलगायत अन्य कृषिजन्य उत्पादनमा समेत प्रदान गरिने नीति बनाइएकाे बताउनुभयाे । रिब्दीकोट गाउँपालिकाले विदेशबाट फर्किएका युवा जनशक्तिलाई कृषि तथा पशुपालनमा आकर्षित गर्न एक कोष स्थापना गरी सोही कोष मार्फत सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने जनाएको छ ।

कोरोना महामारीले निम्त्याएको संकट र चुनौतीलाई सामना गर्न भारतलगायत अन्य मुलुकबाट आफ्नो जन्मथलो फर्किएका नागरिकहरुलाई स्वरोजगार बनाउने, गाउँमै टिकाउने, कृषि र पशुपालन क्षेत्रको विकास एवं विस्तार गर्ने र उद्यमशीलता विकास गर्ने  कुरामा प्राथमिकता दिएकाे नीति तथा कार्यक्रम प्रस्तुत भएकाे छ । विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे हाे ।

गाउँपालिकाले  विदेशबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गर्दै मागमा आधारित साना उद्योग संचालन गर्न प्रस्ताव आव्हान गरी विशेष सहुलियत प्रदान गर्नेछ ।  भैरवनाथ मन्दिर र रिब्दीकोट जलेश्वरको एकीकृत विकास गर्न तथा विद्यमान पर्यटकीय स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्दे थप पर्यटकीय स्थलहरुको पहिचान मार्फत पर्यटन विकास गर्ने उद्धेश्यले एकीकृत पर्यटन गुरुयोजनाको निर्माण गर्ने, र होमस्टे संचालन गर्ने जनाएको छ ।

सामाजिक र शिक्षा क्षेत्रको विकासका लागि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आगामी आ.व.देखि विद्यालय व्यवस्थापन समिति, प्र.अ. र गाउँपालिकाबीच त्रिपक्षीय कार्यसम्पादन करार गर्ने, माध्यामिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला तथा सबै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी र शौचालयको पहुँच सुनिश्चित गरिनेछ । गाउँपालिकाले “एक घर एक धाराको”नीतलाई पूर्णता दिन खानेपानीका निर्माणाधिन आयोजनाहरुलाई आगामी वर्षभित्रै सम्पन्न गर्ने, खानेपानीको उचित उपयोग र सबैमा पहुँच कायम गर्न अनिवार्य मिटर जडान गर्नु पर्ने व्यवस्था लागू गरी मिटर खरीदमा सहुलियत उपलब्ध गराउने नीति लिएको छ । आगामी वर्षदेखि सडकको नयाँ ट्रयाक नखोल्ने नीति अंगीकार गर्दै अधुरा सडक सम्पन्न गर्ने र पुराना सडकको स्तरोन्नति र मर्मतमा जोड दिने अध्यक्ष जीसीले बताउनुभयो । उहाँले हार्थोक–छहरा सडक स्तरोन्नति एवं कालोपत्रेका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

गाउँपालिकाले मितव्ययिता र पारदर्शितालाई मूलमन्त्र बनाउँदै वित्तीय अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त र पारदर्शी बनाउने, अत्यावश्यक र उपलब्धिमुलक तालिम, गोष्ठी, कार्यक्रमहरु मात्र संचालन गर्ने र त्यस्ता कार्यक्रमहरु संचालन गर्दामितव्ययिता अपाउने नीतिलाई प्राथमिकता दिने जनाएको छ । कोरोना भाइरसको महामारीका कारण गाउँपालिकाको आर्थिक सामाजिक विकासमा पुगेको क्षतिलाई मध्यनजर गरी आन्तरिक रोजगारी सृजना, कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार एवं उद्यमशीलता प्रवद्र्धन गर्ने तर्फ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केन्द्रित रहेको गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयो ।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यापालिका सदस्यहरुको राय, सुझाव र प्रतिक्रिया सहित पास भएकाे प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले  बताउनुभयो । नीति तथा कार्यक्रमका आधारमा असार १० गते वार्षिक बजेट सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।