सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

बिद्यालयबाट क्वारेन्टिन हटाउने कि ?

नारायण प्रसाद अधिकारी 
विश्व महामारिको रुपमा फैलिएको कोभिड – १९ ले हरेक क्षेत्र तहसनहस भएको छ । देशको अर्थब्यबस्था धरासायी भएको छ । विकासका आयोजना हरु लथालिङ्ग छन् अलपत्र परेका छन् ।  सबैभन्दा बढी नकारात्मक प्रभाब त शिक्षा क्षेत्रमा पर्न गएको छ । विगत चार महिनादेखि शिक्षण सस्थाहरु बन्द छन् । विद्यार्थी अलपत्र छन् । शिक्षकहरु बेकामी भएका छन ।अभिभावकहरु चिन्तित छन् । पढेर भोलिको राष्ट्रको जिम्मेबारी बहन गर्ने कर्णधार हरु आज हिलोमा खेल्दै छन, गुलेली ताक्दै छन् । भेलमा खेल्दै छन् । खोलामा माछा मार्दै छन – मानौ संसार एकाएक उल्टिएको छ ।
सन्सारमा आफूलाई महाशक्तिशाली ठान्ने देशहरु पनि कोभिडबाट हार खाएका छन् । उनिहरुका शष्त्र, अस्त्र, धन र प्रविधि बेकम्मा साबित भएको छ । गोदाममा ढुसी उम्रेको खाद्यान्न जस्तो । यो रोग भोली अथवा दुइ महिना पछी  वा अबको एक बर्षमा हटेर जाला भन्ने केहि आधार छैन । दीर्घकालिन  उकुच जस्तो कहिले नहराउन पनि सक्छ । त्यसैले यसको बिकल्प खोज्नु अनिबार्य छ ।
भाैतिक पूर्वाधारकाे अभावमा महामारी वा राष्ट्रिय समस्यामा विद्यालय परिसर नै उपयाेग हुने गरेकाे छ । अहिले स्कूलमा क्वारेन्टिन राख्दा बिद्यार्थीहरुमा नकारात्मक असर परिरहेको छ । के अब हाम्रा स्कूल कहिले खुल्दैनन ? हाम्रो भबिष्य सकिएकै हो त ? हामी सधैभरि हिलो र गुलेलिका साथी हुनुपर्ने हो ? यसले उनिहरुमा मानसिक तनाब सिर्जना गरिरहेको छ र नजानिदो पारामा उनिहरुले सन्तुलन गुमाउदै छन । समुदाय पनि त्रसित छ – किनकी क्वारेन्टिनमा बसेकाहरुमा धमाधम कोरोना पुष्टी भैरहेको छ । अब हामिलाई सर्छ र यसले परमधाम पुर्याउने भयो भन्ने भित्री डर बिद्यालय आसपास बस्ने सबैलाई उत्पन्न भएको छ ।
यस्तो परिस्थितिमा बिद्यालयमा क्वारेन्टिन राखिरहनु उचित छैन । यसलाईअबिलम्ब हटाउनु पर्छ । किनकी शिक्षा क्षेत्र हरेक धुमिलबाट स्वच्छ हुनुपर्छ – चाहे राजनिती होस या रोग । युद्ध हाेस कि उत्सव ।  अब कुरो आउला – यस्तो शङ्कटको बेलामा कहाँ सार्ने क्वारेन्टिन ? मैले अघी नै भने – यसको दीर्घकालिन समाधानको उपाय निकाल्नु पर्छ । तीन तहका सरकार छन् । जनताको जिउज्यानको अगाडी विकास मामुली कुरो हो । यो आगामी बर्षमा गरे पनि हुन्छ । स्थानीय सरकारहरुले बिकास बजेटको ठूलै हिस्सा छुट्ट्याएर क्वारेन्टिन निर्माण गरुन । खुला र बस्ती नभएको ठाउमा टहराहरु बनाउनु पर्छ ।  टिनका भित्ता र टिनकै छाना भएका बनाउन सकिन्छ  । त्यहाँ धारा, पानी र सौचालयकाे व्यवस्था हुनुपर्छ । बाथ रुम  सहितको सुविधा हुनुपर्‍यो । बिद्युत र इन्टर्नेट्को सुबिधा पनि होस । यि टहराहरु भोली  अवस्था सामान्य भएपछि कृषी हाट बजार वा भेला बैठक वा अन्य यस्तै केहि काममा प्रयोग गर्न सकिन्छ ।
शिक्षण सस्थामा भएका क्वारेन्टिनहरुलाई इनै टहरामा सार्नु पर्छ । स्कूललाई सर सफाइ गरेर निर्मूलिकरण गर्नु आबस्यक छ । यो काम साँच्चै मन लगाएर स्थानीय सरकारहरुले गर्ने हो भने सम्भव छ । एउटा पालिकाले गर्‍यो भने अधिकाम्स पालिकाहरुले त्यसको अनुसरण गर्ने छन् । बिद्यालयहरु क्वारेन्टिन मुक्त हुनेछ्न् । भोली परिस्थिती सामान्य हुने बित्तिकै स्कूलमा पठनपाठन सुचारु गर्न सम्भब हुनेछ । त्यसैले ,आउनुहोस ! विद्यालयलाई क्वारेन्टिन मुक्त गर्ने  अभियान सन्चालन गरौ । शैक्षिक क्षेत्रकाे संरक्षण गराैँ । 
(अधिकारी दिव्यज्याेति माध्यमिक विद्यालय माथागढी कसेनीका प्रधानाध्यापक हुनुहुन्छ ।)