सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव टेलिभिजन पाठशालाका शिक्षक सम्मानित भगवती जात्रा मनाइयाे, व्यवस्थापन सुधारकाे खाँचाे दमकडाका ३६ शिक्षकको निशुल्क कोरोना बीमा जडिबुटी सहकारीले झुम्सामा तितेपातीको तेल निकाल्न थाल्यो पाल्पामा कोरोना संक्रमित शुन्यमा झर्याे

सहरमा हराएको कुमालको छोरो

निर्मल कुमाल – 
गरिब कुमाल परिवारमा गाउँमा हुर्केको केटो म । साना छँदा आफै हिँड्न र अली अली बुझ्न सक्ने भएदेखी बाआमाले गाउँका साहु महाजनको घरमा एक मुठी चामल र केही पैसाको लागी झरीमा रुझ्दै र जाडोमा काँप्दै घाँस काटेको म कसरी भुल्न सक्छु ? काम गर्दा गर्दा छियाछिया भएका हातले फेरी ति महाजनको जुठा भाँडा माझेको म कसरी भुल्न सक्छु ?

मान्छे भन्छन् पसिना गनाउछ तर रातीसम्म मेहनत गरेर घर आइपुगेका मेरा बाआमाको पसिना मलाई कहिल्यै गनाएन । मेरा बा आमाको मेहनतको पसिनाले पुरै घर बसाउथ्यो । यो सबै मेहनत मेरो लागि, घरपरिवार सबैको लागि थियो ।
म सानो छँदा मेरो र परिवारको पेट पाल्न मेरा बाआमाले गरेको दुखले अझैपनी उहाँहरुलाई छाडेको छैन । काम गर्दा गर्दा हात र खुट्टाहरु पट्पटी फुटेका छन् । आमाको पटुका च्यातिएको छ । बाको टोपी फाटेको छ । आमाको मजेत्रो धुजाधुजा भएको छ । बाको जाँगे दशौं ठाउँमा टालिएका छन् । उही दुख अझैपनी बाँकी छ । आज पनि मेरो बा आमालाई उही दुखले छाडेको छैन तर पनि आजसम्म हार्नुभएको छैन ।
अब छोरो बढेको छ । छोराले केही गर्ला भन्ने आस आमा बा मा पक्कै पनी होला । छोराले जिम्मेवारी बहन गर्ला भनेर आमा बा का मनले खोज्दै होला । घरव्यवहार धान्ला भन्ने आश होला । खोलेपानी भएपनी छोराले व्यवस्था गर्ला र बुढाबुढी भएर पिँढीमा बसेर खाउँला भन्ने आश होला ।

उमेर बढेसंगै मैले पनी जिम्मेवारी बढेको महसुस त गरेको छु तर जिम्मेवारी बहन गर्न सकेको भने पटक्के छैन ।

कुमालको छोरोले दुखम् सुखम् एस्.एल्. सि. पास गरेपछी गाउँमा केही भए पनी बाको शिर उँचो भयो । कुमाल समुदायमा थोरै मात्रले एसएलसी पास गर्ने गर्दथे । छोरो एसएलसी पास भएपछी गाउँ बस्ने कुरा भएन । पढ्न भन्दै छोरो पस्यो सदरमुकाम तानसेन ।

सायद पहिलोपटक थियो तानसेन आएको । सामान्य गाउँमा हुर्केको केटो शहर आएर दंग थियो । मोटरगाडी, ठुलाठुला बिल्डिङ अनी गाउँबाट ठुलाठुला सपना बोकेर आएका मानिसहरुको भिड । गाउँमा हुर्केको कुमालको छोरो पनी त्यस्तै ठुला ठुला सपना बोकेर शहर आउको पनी अहिले ६ बर्ष भैसकेछ ।

तर जुन सपना बोकेर आएको थिएँ, आजकल ती सपनाहरु कता बिलाए झैं लागेको छ । उमेर बढ्दै छ, जुन जोसका साथ बजार छिरेको थिएँ आज ति जोसहरु अन्य कुराहरमा मोडिएका छन् । आटो सिन्कीको झोल खाने बानी हराईसक्यो । मम चाउमिनमा बानी बसिसक्यो । गाउँमा बा आमाले लाउजस्तो कपडा त किन लाउने मन हुन्थ्यो र महंगा र ब्राण्डेड कपडामा बानी परिसक्यो । पुरानो भएर च्यातिएका कपडा लाउन छाडियो । आफै च्यातिएका कपडा किनेर लाउन थालियो । शहरका साथीभाईको संगतले गाउँको कुमालको छोरो विल्कुल फरक भएको छ । साथीहरु मोटरसाईकल चढेर हिँड्दा आफुलाई पनी मोटरसाईकल नै चाहिएको छ ।
हिँजो सम्म चुँडेको चप्पल धागोले बाँधेर मल बोक्ने कुमालको छोरो अहिले बजारमा ब्राण्डेड जुत्ता लाएर हिँड्दा पनी बेईज्जत हुन्छ कि भन्ने मान्छ । मध्यम वर्गिय परिवारमा हुर्केको भएपनी यि सबै कुराहरु सोंचेर बदलिने प्रयास रहन्छ तर कोलाहलको यो शहरमा एक्लोपनको आभास हुन्छ ।

बा आमाको एउटै सपना छोराले एउटा सरकारी जागिर खाओस,् गाउँमा थप इज्जत राख्दियोस् । यो मेरो पनी सपना नभएको होईन । राति सुत्नेबेला निकै कुराहरु मनमा दौडिरहन्छन्, निद्रा लाग्दैन । यो शहरको कोलाहलले अझैपनी सुनसान र सुन्दर गाउँको याद दिलाईरहन्छ । यो बेसुर सहरले गोठालो जाँदा होस् या मेलापात जाँदा होस्, गित गाँउदै हिडेको याद गराईरहन्छ ।

सधैका रात सोंच्ने गर्छु । आखिर त्यती सुन्दर गाउँ छाडेर के खोज्न आएको थिएँ म यो सहरमा ? रहरै रहरमा शहर पसेको म अव गाउँ गएर हलो जोत्न सक्दिन, बारी खन्न सक्दिन, साथीभाई संगै मेलापात गर्न सक्दिन, गाईवस्तुका लागी घाँस काट्न सक्दिन ।

यथार्थ नै भनौ भने अव म गाउँमा बसेर मेहनत नै गर्न सक्दिन । बानी हराईसक्यो । अनि सोच्छु के म साँच्चिकै आजकल सहरको यो रमझममा हराएकै हो त ? मेरा सपना भुलेकै हो त ? मैले बा आमाले सिकाएको रितिरिवाज र संस्कार भुलेको त हैन ?