सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव सांसद पाण्डेयद्वारा दशैं खर्च काेभिड काेषमा जम्मा पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने पाल्पा अस्पताल अनिश्चित समयका लागि बन्द मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम माथागढीको समीक्षा पाल्पामा एकैपटक ७५ जनामा काेराेना संक्रमण

सत्तरी वर्षदेखि मौरीको पर्म, हर्नेटारका पल्ली बाको कर्म

पाल्पा । घरको बार्दली, गोठ, बारीको कान्ला, खरबारीको पानी ओत्ने कुनाकानी, ओडार मौरीका घारले छपक्कै ढाकिएको छ । बार्दलीभरि मकैका झोत्ती बारी खरबारीभरि मौरीको घारले भरिभराउ यो घरका मुली हुन्, ८२ वर्षिय नरबहादुर पल्ली । विगत ७० वर्षदेखि मौरी पाल्दै आएका पल्ली परिवारको मुख्य आम्दानीको स्रोत नै मह व्यवसाय हो ।

नरबहादुर पल्लीलाई माथागढीका सबैले पल्ली बा भन्दछन् । उनले थोरै लगानी, कम मिहिनेतमा धेरै फाइदा लिन सकिने भएकाले मौरीपालनलाई जीविकोपार्जनको पेशा बनाएका छन् । गाउँ सहरका मानिसहरु मह किन्न मानिसहरु घरमै आइपुग्छन्, बिक्रीका लागि समस्या छैन । पल्ली बासँग हाल ६० भन्दा बढी घार छ । मानाको ७ सय पचास रुपैंयामा घरबाटै मह बिक्री हुने गरेको छ । वर्षमा एक लाखभन्दा बढी आम्दानी मह बेचेर हुने गरेको छ । मौरीपालनको आम्दानीबाट अपांगता भएका छोरा बुहारी, श्रीमति, नाति नातिनाको खर्च पु¥याएका छन् । घर खर्च मौरीपालनले नै चलेको छ ।

मरमरा र खापुक वरिपरिका जंगलमा बाहै महिना फूल फुल्छन् । मौरीले विभिन्न प्रजातिका फूलको रस लिने र बोटबिरुवामा परागसेचन गराएर रसिलो फल लाग्ने भएकाले स्थानीय समुदायलाई फाइदा पुगेको छ । युवा समाजसेवी शंकर दर्लामीले भने, ‘पल्ली बा जस्ता बुढापाकाले मौरी पाल्ने, गेडागुडी फलाउने, अदुवा बेसार लगाउने, नाम्लो दाम्लो बाट्ने गरेर जीविकोपार्जन गरेका छन् । आत्मनिर्भर छन् ।’

चौरासी पूजा गर्ने उमेरका पल्ली बा भिरपहरामा ठ्यामठ्याम्ती हिंड्ने, कटकुरो र घार ओत्ने छाप्रो बनाउने गरेको देख्दा गाउँउलेहरु दङ्ग पर्दछन् । पल्ली बा को कान्छो छोरा र कान्छी बुहारी अपांग छन् । माइलो छोरा घर गृहस्थीमै छन् । मौरी हेर्ने, मह काड्ने, शत्रु जीवबाट जोगाउने र न्यानोमा राख्ने काम पल्ली बा कै जिम्मा छ । जाडोका बेला भर्लाको पातले घार ढाक्ने र रातका बेला घार बोकेर घर ल्याउने कार्य दिनचर्या जस्तै बनेको छ ।

यसपाली ठूलो झरी प¥यो । झरीमा मौरी घार बाहिर निस्केर चर्न पाएन । आहारा पुगेन, म¥यो । पल्ली बा ले ठट्यौली पारामा भने, ‘रात न दिन झरीको झरी प¥यो । कोरोनाले मौरी मा¥यो । सत्तरी घारमा रहेका मौरीमध्ये तीस घार रित्तियो । बाँकी चालिस घारबाट फेरि फैलिदैछ । फालफूल फुलेको वर्ष १४\१५ पाथी मह निस्कन्थ्यो ।

पल्लीको परिवार लेकको बस्ती छोडेर सुखको खोजीमा २०२२ सालमा हर्नेटारमा झरेको हो । आफू १२ वर्षको हुँदा मौरी पाल्न सुरु गरेका पल्ली बा लाई मौरी जतिको गुनी जीव र मह बिक्री जतिको राम्रो पेशा केही लागेन । मौरीले पल्लीलाई चिन्छ, पल्लीले मौरीलाई चिन्दछन् । घर नजिकै जंगल भएकाले मौरी चर्न सजिलो छ तर जंगली जनावरबाट बचाउन सकस पनि पर्ने गर्दछ । पल्लीले भने, ‘माउखाने, बछिउँ, अरिंगाल, कमिलाले पनि मौरी खान्छ । मौरीका शत्रु धेरै छन् । माउखानेबाट बचाउन म रातभर हिंड्छु ।’ जंगलमै मौरी कुर्ने गोठ र मौरीको घार नजिकै पासो थापेको छ ।


माथागढी गाउँपालिकाको वडा नं. ४ को झडेवा र मरमरा खोलाको दोभान हर्नेटार हो । पहाडको घेंचमा बेसीभन्दा माथिको समस्थललाई टार भनिन्छ । हर्नेटार मात्र होइन, मरमरा, चौलानीगैरा, खापुक क्षेत्रमा किसानहरुले परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन् । प्रायः हरेकको घरमा एक दुई वटा मौरीको घार छ । मौरीपालनमा रुची राख्नेहरुले ठूला काठको मुढा खोलेर काठे घार बनाएर मौरी पालेका छन् । यो क्षेत्रमा ३ सयभन्दा बढी मौरीका घारहरु छन् ।

माथागढी ४ को मरमराका बिरमान रानाले आधुनिक र काठे गरी करिव ३० घारमा मौरी पालेका छन् । अधवैंशे रानाको प्रेरणा स्रोत पनि पल्ली बा नै हुन् । बाल्यकालमा पोलिएर एउटा खुट्टा गुमाएका राना माथागढीमा मौरीपालनको सम्भावना राम्रो देखेका छन् । मरमराका अरु बासिन्दाले बारी, खरबारी र जंगलमा काठको मुढामा मौरी पालेको देखिन्छ । रानाले भने, ‘समुदायमा ज्ञान, सीप र प्रविधिको अभावमा काठे घारमा मौरी पालेका छन् । आधुनिक प्रविधि र आधुनिक घारमा सरकारले अनुदान दिने हो भने यो क्षेत्र मौरीका लागि प्रशिद्ध बन्न सक्छ ।’

मौरी फूलको रस खोज्न कौडेलेक, रेदीको डाँडा, देउगिरसम्म पुग्ने गर्दछ । जैविक विविधताले धनी लेकमा रहेका विभिन्न प्रजातिका फुलबाट बनेको मह भएकाले पनि यहाँको महलाई महत्व दिने गर्दछन् । चिनीको चास्नी खुवाएर पाल्ने, प्रशोधितको नाममा मिसावटयुक्त मह बेच्नेहरुको अगाडि शुद्ध मह उत्पादन गरेर बिक्री बितरण गर्ने पल्ली बा साँच्चिकै किसान हुन् ।

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले मौरीपालनबाट रोजगारी मिलेको, आयआर्जन गरेको र सानै रुपमा भए पनि उद्यमी बनेको देखेर पल्ली बा लाई भेटेर कर्मशील जीवनको प्रशंसा गरे । चार माना मह किनेर उत्साह थपे । आचार्यले भने, ‘पल्ली बा तपाईको सुकर्म फैलिन्छ । प्रदेश सरकार वास्तविक किसानलाई सहयोग गर्न अवश्य आउनेछ । ’