सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव सांसद पाण्डेयद्वारा दशैं खर्च काेभिड काेषमा जम्मा पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने पाल्पा अस्पताल अनिश्चित समयका लागि बन्द मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम माथागढीको समीक्षा पाल्पामा एकैपटक ७५ जनामा काेराेना संक्रमण

फोटोग्राफीमा रुचि

विमल नेपाल
माथागढी १, चिदीपानी
मलाई फोटोग्राफीमा निकै ठुलो रुचि छ . सानैदेखि यसप्रति ठुलो लगाव थियो तर एउटा क्यामेरा किन्न सक्ने आर्थिक हैसियत नभएकोले यो रुचि त्यतिकै अलपत्र परेको थियो । बिना क्यामेरा मैले निरन्तर फोटोग्राफी भने सिकेको रहेछु सानैदेखि ।
आफ्नो करियरको उत्तरार्धमा अर्थात् बयालिस बर्षको उमेरमा मैले पहिलो क्यामरा किनेपछि भने मेरो यो यात्रा रोकिएन ।
मेरो बुवा सूर्यकिरण नेपाल सौकिन फोटोग्राफर हुनुहुँदो रहेछ । मैले उहाले फोटो खिचेको देख्न त पाइन तर उहाको बिग्रेको क्येमारा भने घरको दराजमा थियो। सायद क्यामेरा बिग्रेपछि उहाँले पनि यो शौख छोड्नु भयो होला। १९५० तिरको सानो ब्राउनि क्यामरा। यो मेरो बाल्यकालको खेलौना थियो । फिल्म नभएको बिग्रेको क्यामेराले मैले हजारौं फोटो कम्पोज गरेंहुला। मलाई सत्तरीको दशकमा लाहुरेहरुको घडी, रेडियो र टेप्रिकट (टेप रेकर्डर)ले कहिले आकर्षित गरेन तर तिनले भिरेको क्येमारा तिर म भुतुक्कै हुन्थें। पर्यटकले फोटो खिचेको हेर्न पछि पछि लाग्थें।
सन् १९८४ तिर मेरो भेट पाल्पा तानसेन मिसन अस्पतालमा स्कट ल्याण्डबाट आएका डाक्टर जिम डन संग भयो। उनि निकै लामो जूम लेन्स भएको निकोन क्यामरा लिन्थे। क्यामेरा प्रतिको आकर्षणले मैले उनि सित दोस्ती गासें। पाल्पा तानसेन र मेरो घर माडी चिदीपानीमा चार बर्ष उनीसितको संगतमा मैले सामान्य फोटो कम्पोज सिकें । उनको खर्चमा निर्धक्क निकै रील फोटो खिचियो । उनि १९८८ नेपाल छोड्दा सबै फोटो लिएर गए तर आफुले उनको सहयोगी भएर खिचेका फोटा राखिएनछ! मेरो फोटोग्राफर संगको संगत देखेपछि मलाई मानिसहरु यो केटाले फोटो खिच्न जानेको छ भनेर गाउँ घरमा बिबाह वा समारोहमा आफ्ना क्यामेरा मलाई दिएर फोटो खिच्न दिन थाले। मलाई पनि रमाइलो लाग्थ्यो।
१९९० मा म जागिर र पढाइको लागि काठमाडौँ झरें। मलाई फोटोग्राफीमा र पत्रकारिता निकै रुचि थियो कलेजमा कमर्स बिषयमा कलास चड्दै गएपनि पढाइमा पटक्कै रुचि थिएन। साहित्य, कला र मिडियामा अति रुचि र आकर्षण थियो। म काठमाडौँका आर्ट ग्यालरीहरू, पुस्तकालय अनि ठेमल, दरबारमार्ग तिरका पुस्तक पसलमा फोटोग्राफीका किताब हेर्न जान्थें । एक दिन एरिक भालीको ठुलो आकारको हनी हनटर्स इन नेपाल भन्ने फोटो किताबमा मा मेरो आखा पर्यो। नेपालका गुरुङहरुले भिर मौरी काढेको सत्य कथा र तस्वीरहरुले मेरो स्वास रोकियो अनि दिमाग रन्थनियो! हाम्रो सामान्य जनजीवन को फोटो यति असामान्य! ओहो हो फोटोग्राफी त शब्द भन्दा निकै पावरफुल हुदोरहेछ भन्ने लाग्यो। यो किताब नै मेरो लागि फोटोग्राफीको सबैभन्दा ठुलो उत्प्रेरणा बन्यो।
म नेपालको जनआन्दोलन १९९० अगाडी काठमान्डूका गल्लि सडकमा पर्यटकलाई बेचिने किताब र नेपाली पोस्टर अनि पोस्टकार्ड हेर्दै जाँदा मणि लामाका फोटाहरुबाट अतिनै प्रभावित हुन पुगें।अनि त्यसै बेला तिर हिमाल अंग्रेजी पत्रिका र पछि कान्तिपुर दैनिकमा उदियमान नव युबक विकास रौनियारको फोटोहरुले मलाई आकर्षित गर्न थाल्यो। मलाई पनि क्यामेरा किन्ने रहर जाग्यो – काठमान्डूका क्यामेरा पसलहरु तिर पनि जान्थें भाउ सोध्थें अनि फर्कन्थें।
एउटा सरकारी संस्थानको स्थाई जागिर र बिश्वबिध्यालयको पढाई भएपनि दुबैमा दिल नबसेपछि पत्रकारितामा होम्मिए। १९९२ मा नेपाल प्रेस इन्स्टिच्युट मा पत्रकारिता पढ्दा मलाई गोरखापत्रका फोटो पत्रकार गोपाल चित्रकार ले हप्ता दिन सिकाएको ‘फोटो जर्नालिजम’ ले जति अरु कुनै बिषयले तानेन! यसै बेला हो मैले शटर स्पीड, एप्रेचर, ए यस ए ( हाल आइ एस ओ), फोकल लेन्थ जस्ता शब्द पहिलो पटक सुनेको! गोपाल चित्रकार गोरखापत्रको एउटा राम्रो फोटोग्राफर र प्रभाशाली शिक्षक हुन। मैले मणि लामा र विकास रौनियार बाट प्रभावित हुने र गोपाल चित्रकार बाट सिक्ने मौका पाए।
मलाई फोटो पत्रकारितामा मौका दिने श्रेय मातृभूमि साप्ताहिकका कार्यकारी सम्पादक ज्योति वैद्य लाई जान्छ। १९९३-९४ तिर रिपोर्टिंग मा जाँदा होस् कि ल्याम्ह पुच युवा क्लब ले संचालन गरेको राष्ट्रिय स्तरका कार्यक्रममा उहाले मलाई कहिले उद्घोषण त कहिले फोटोग्राफीको मौका दिनुहुन्थ्यो। मैले १९९५ देखि १९९९ सम्म कामना प्रकाशन को समाचारपत्रमा काम गरे रिपोर्टिंग र डेस्क दुवै तर्फ़ काम गरियो। यो बेला सम्ममा फोटो पत्रकारिताको आधारभूत ज्ञान र अभ्यास हासिल गरिएको थियो। आफैले फोटो नखिचेपनि छापिने संमाचार र लेखलाई चाहिने फोटोको आइडिया, कम्पोजिसन, र श्रोत सुत्र बारेमा फोटोग्राफरलाई सुझाब दिन सक्ने सामर्थ्यको विकास भएको थियो।
क्यामरा भने अझै किन्ने अवस्था आएको थिएन। येसैबिच १९९९ मा अमेरिका आएपछि अरु १० बर्ष बिना क्यामेरा बित्यो !
२००९ बिना योजना मलमा घुम्दै जाँदा नाइकन ब्रान्डको को D60 मोडेलको सामान्य क्यामेरा $५५० किनेपछि त जिन्दगीले नयाँ मोड लियो । क्यामरा साेख मात्र रहेन, प्राेफेसनल कर्मकाे साधन बन्न पुग्याे ।