सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बगनासकालीमा विद्यालय सञ्चालन तानसेन श्रीनगरमा विग बुद्धको संरचना निर्माण अगाडि बढाउने विदेशमा प्रकाशित पुस्तकमा लगाउने कर उचित छ: मुद्रण संघ रूपन्देही पाल्पामा थप १५ जनामा कोरोना संक्रमण भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा माडीफाँटको बँधवारी पुल शिलान्यास

पाल्पा अस्पताल अनिश्चित समयका लागि बन्द


तानसेन । पाल्पा अस्पताल अनिश्चितकालका लागि लागि बन्द गरिएको छ ।

पाल्पा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको हो । आकस्मिक सेवा लिन आउने विरामीको स्वास्थ्यजाँच भने हुने अस्पतालले जनाएको छ । अस्पतालका निमिक्त प्रमुख डा. जगदीश कुवँरका अनुसार चिकित्सकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जोखिम न्यूनिकरणका लागि सेवा बन्द गरिएको बताउनुभयो ।

पाल्पा अस्पतालले असोज २७ गते स्वास्थ्यकर्मी, कर्मचारी, बिरामीसहित ९ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्टमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित ७ मध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचारका लागि आएका बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै गरिएको सेवा बन्दले केही दिन बिरामीमा पर्न जाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी छ, अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो । चाडबाड नजिकिदैँ जाँदा पाल्पामा कोरोना संक्रमणको दर बढ्न थालेको छ ।