सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव मदनपोखरा शिक्षालयले परिषद दिवस मनायो आमा रानीमहलमा होटल सञ्चालन गर्न दिदैनाैं पाल्पाको बौद्धविहार र निशानघरलाई यूकेबाट आर्थिक सहयोग नेपाल पत्रकार महासंघ पाल्पाकाे साधारणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता हुन्छ :अध्यक्ष थापा

पूर्वखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ५ निजी विद्यालयलाई सरकारी विद्यालयमा समायोजन गरेको छ । समायोजनपछि निजी विद्यालयका विद्यार्थीहरु समायोजित विद्यालयको अंग्रेजी ब्लकमा अध्ययन गरिरहेका छन् । विद्यार्थी र शिक्षकहरु निजी र सरकारी शिक्षा भन्न छोडेका छन् । शिक्षण पेशाबाट राजनीतिमा आएका पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा सामुदायिक र निजी विद्यालयका विद्यार्थीका बीचमा रहेको असमानता अन्त्य गर्न विद्यालय समायोजनको कार्यक्रम अगाडि सारेको बताउनुहुन्छ । २०५९ सालमा विरकोट गाविसको अध्यक्षको कार्यकाल समाप्त भएपछि पुनः शिक्षण पेशामा फर्किएका थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष बन्न जानुभएको हो । निजी विद्यालय समायोजनको कार्य चालु आर्थिक वर्ष २०७७\०७८ मा पुरा गर्ने गरी आठौँ गाउँसभाले निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापासँग सम्पादक राजेशकुमार अर्यालले विद्यालय समायोजन प्रक्रियाका विषयमा कुराकानी गर्नुभएको छ ।

 

निजी विद्यालय सरकारी विद्यालयमा गाभ्नुको कारण के हो ?
निजी विद्यालयमा अभिभावको लगानी, सामुदायिक विद्यालयमा सरकारको लगानी बढिरहेको छ । लगानीको अनुपातमा दुबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार हुन सकेको छैन । समुदायमा निजी र सरकारी भन्ने मान्यताले घर गर्न थाल्यो । त्यो भनेको अर्को हिसाबले धनी र गरिव भन्ने हुन थाल्यो । शिक्षामा असमानताका कुरा उठे । विद्यार्थीको मस्तिष्कमा सम्पत्ति हुने र नहुनेको प्रभाव पर्न गयो । अर्कातर्फ अभिभावकहरु छोराछोरीको शिक्षाका लागि जति पनि लगानी गर्न तयार तर शैक्षिक वातावरण निर्माणमा रुची नराख्ने अवस्था पैदा भयो । अंग्रेजी र नेपाली मिडियमका नाममा समाज नै विवादमा फस्न थाल्यो । त्यसैले एकैप्रकारको शिक्षा प्रणाली लागू गरौँ भनेर थालिएको विशुद्ध आफ्नै मौलिक प्रयास हो ।

निजीलाई कमजोर सरकारीमा गाभेर गुणस्तर सुध्रन्छ र ?
समायोजन गर्दैमा मात्र त सुध्रने होइन तर त्यतिकै बसेको भए झन केही हुँदैनथ्यो । गाउँपालिकाभित्रका सरोकारवालालाई शैक्षिक वातावरण निर्माण गर्न थालिएको अपिल हो । यो अपिललाई आम समुदायले स्वागत गरेका छन् । अभियानमा साथ दिएका छन् । विद्यालयमा शिक्षकहरु उत्साहित भएका छन् । गुणस्तर सुधारका लागि लाग्ने कसम खाएका छन् । विद्यालयमा शिक्षकले पढाउनुपर्छ, गाउँपालिकाले अनुगमन गर्छ भन्ने मान्यता स्थापित भएको छ । बिस्तारै सबै विद्यालयमा गुणस्तरमुखी क्रियाकलाप सुरु भएको छ । शिक्षामा रहेको असमानता हटिसक्यो ।

पूर्वखोलामा अब निजी स्कुल खोल्ने नपाउने हो ?
सामुदायिक र सरकारी विद्यालयले अभिभावको चाहना र विद्यार्थीको आवश्यकता पूर्ति गरेपछि किन चाहियो निजी विद्यालय । दक्ष जनशक्ति उत्पादन गर्ने हो । सीपयुक्त नागरिक उत्पादन गर्ने हो । बजारमा प्रतिस्पर्धा गर्न सक्ने सामथ्य पैदा गर्ने हो । त्यो काम हामी हाम्रा सामुदायिक विद्यालयमार्फत् गर्न सक्षम बनाउँछौ । सामुदायिक विद्यालय तपाईंले भने जस्ता भए भने निजी विद्यालय भनिरहन पर्छ र ? पर्दैन ।

विगत तीन वर्षको अवधिमा शिक्षाको गुणस्तर सुधार भयो ?
पहिलो वर्ष हामी निजी र सरकारी विद्यालयका आआफ्ना धारणा र मान्यतालाई सामुदायिकीकरणको महत्व बुझाउन लागि प¥यौँ । निजी विद्यालयका समस्या र सरकारी विद्यालयका समस्या पहिचान गरेर समायोजन पछाडि अभ्यास थाल्यौं । नेपाली र अंग्रेजी दुबै माध्यममा पढाउन थाल्यौँ । अंग्रेजी माध्यममा जोड दिएकमा छौँ । सिकाई उपलब्धीमा ध्यान दिएका छौँ । शिक्षाको लगानी पूर्वाधारमा जस्तो रातारात देखिने विषय होइन । आजभन्दा भोलि देखिने विषय हो । सुधार देखिन थालेको छ । समायोजनका कारण हाम्रा विद्यालयको भविष्य राम्रो देखेको छ ।

निजी विद्यालयका शिक्षक कर्मचारीको सेवा सुविधा कसरी समाधान हुन्छ ?
शिक्षण पेशा यस्तो पेशा हो जहाँ सम्बन्धित मान्छे नै रमाउनुपर्छ । यही पेशामा जीवन बिताउने समपर्ण चाहिन्छ । शिक्षक कर्मचारीको खाइपाई आएको सुविधा यथावत छ । अझ वृद्धि भएको छ । अर्कोकुरा शिक्षामै रहने साथीहरुले शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्नुहुन्छ । स्थायी भएर आउनुहुन्छ । नहुनेहरुका लागि तालिमलगायत वृत्ति विकासका कार्यक्रम ल्याउँदैछौ । उस्तै परे पेशा र सेवा क्षेत्र रोज्न दिन सकिन्छ । समाधान हुन्छ ।

निजी विद्यालय सञ्चालकहरु विद्यालय समायोजनपछि भौतिक सम्पत्ति, जग्गाजमिन बारे निर्णय नै हुने सकेन भन्छन् ?
विद्यालय समायोजन गर्ने हामी पहिलो स्थानीय तह बन्यौं । निजी विद्यालय सञ्चालकहरु उहाँहरुका लागि पनि यो नयाँ अभ्यास थियो । सिंगो समाजका लागि नौलो कुरा थियो । सैद्धान्तिक मान्यता र समायोजनका प्रक्रिया बीच तालमेल मिलाउन समय लाग्यो । स्थानीय सरकारले जग्गा खरिदका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र तरिकाका कारण ढिला भयो । चालु आर्थिक वर्षको अन्त्यसम्म समायोजनको सम्पूर्ण प्रक्रिया टुंग्याउने भनेर आठौँ गाउँसभाले आवश्यक कानुन र योजना पारित गरेको छ । अब हामी त्यसतर्फ लाग्छौँ ।

त्यसो भए विद्यालय समायोजको प्रक्रिया चालु आर्थिक वर्षमा सम्पन्न हुन्छ ?
हो, सम्पन्न हुन्छ । समायोजनका लागि बजेट पौने २ करोड लाग्ने पूर्वानुमान गरी कार्यक्रम तथा बजेटमा समायोजन गरेका छौँ । कानून निर्माण गरेका छौँ । शिक्षासँग जोडिएका निकायहरुसँग सरसल्लाह र समन्वय गरिरहेका छौँ । निजी विद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता हुन्छ । हामीलाई विश्वास छ, यो वर्ष विद्यालय समायोजनको सम्पूर्ण प्रक्रिया टुंगिन्छ ।