सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव कहाली लाग्दो गरिबी : बाल्यकाल संस्मरण वरिष्ठ पत्रकार कसजूलाई राष्ट्रिय पत्रकारिता पुरस्कार कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू गोपालप्रसाद बस्यालको घरदेखि परसम्म विमोचन

कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू


राजेशकुमार अर्याल
अध्यक्ष, नेपाल पत्रकार महासंघ, पाल्पा

कोरोना रोग पहिचान भएको तीन महिनाको अवधिमा विश्वव्यापी फैलिनु र लगभग सबै देशमा संक्रमण हुनुले विश्वभर नै चिन्ताजनक अवस्था सिर्जना ग¥यो । विकसित भनिएका देशमा समेत रोकथाम र उपचारमा ध्यान नपुग्दा लाखौँ मानिसको मृत्यु भएको तथ्यले यो स्वभाविक रुपमा जटिल स्वास्थ्य समस्या रहेको निश्कर्ष निकाल्न अप्ठेरो भएन ।

सन् १९१९ को डिसेम्बर महिनामा चीनका उहान सहरमा केही मानिसको समूहलाई श्वासप्रश्वासको समस्या देखियो । अध्ययनबाट यो एकदम नयाँ प्रकारको भाइरस उनीहरुको शरीरमा भएको पुष्टी भयो । जसको वनावटको कोरोना भाइरसँग मिल्न गयो । त्यसलाई Corona Virus 19 नाम दिइयो र भाइरसको संक्रमणको स्थितिलाई Corona Virus Disease 19, Covid 19 भनियो । यो कोभिड भाइरसको असर अल्पविकसित मूलुकमा मात्र होइन विकसित मूलुकहरुले पनि भोगिरहेका छन् । झण्डै वर्ष दिनसम्म मानिसहरु खोपका लागि अधैर्य रहे, खोप विकासपछि मानिसहरुमा आत्मविश्वास वृद्धि हुँदै गएको छ ।

जनताको सूचना पाउने हकलाई निशर्त कार्यान्वयन गर्न सार्वजनिक सूचना प्रवाहको क्षेत्रमा काम गर्ने पत्रकारहरू समाजमा अग्रभागमा रहन्छन् । कोभिड १९ को परिस्थितिमा पनि पत्रकारहरूले अग्रिम मोर्चामा रहेर विश्वसनीय सूचना र समाचार दिन अग्रसर देखिएका हुन् । कोभिड १९ को रोकथाम, उपचार र नियन्त्रणका लागि सिंगो नेपाल र पाल्पामा पत्रकारहरूले निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न सकिदैंन ।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालमा १३ हजार पत्रकार छन् जसले आफूलाई पत्रकार हुँ भनेर सार्वजनिक पहिचानसहित भन्छन् । पाल्पामा सयकाे हाराहारीमा पत्रकार महासंघकाे सदस्यता र महासंघमा नरहेका करिव ५० सञ्चारकर्मी क्रियाशिल रहेका छन् । देशको कुल जनसंख्याको एक प्रतिशतभन्दा कम रहेको पत्रकारिता क्षेत्रका पेशाकर्मीले भोगेका चुनौति जीवन र जीविकोपार्जनकै हो । कोभिड १९ पछि किन पत्रकारिता क्षेत्र सुरक्षित भइरहेको छ । आमसञ्चारमाध्यमको परम्परागत विज्ञापन संकलन प्रणाली प्रभावित भएको छ । उद्योग, कलकारखाना, व्यवसाय र अर्थतन्त्र नै प्रभावित भएका बेला मिडियामा जाने विज्ञापन रोकिएको छ । मिडियाको आम्दानी अप्रत्यासित रुपमा घटेको छ, खर्च भने बढेको छ ।

सञ्चारगृहको तुलनामा त्यसमा कार्यरत जनशक्तिको अवस्था झन कहालीलाग्दो छ । महामारीको यो विषम परिस्थितिमा पत्रकारको तलव कटौटी हुने र कर्मचारी कटौती गर्ने समस्या देखा परेको छ । श्रमको सम्मान गर्नुपर्ने बेला कतिपय सञ्चारमाध्यमले श्रम गर्नेको अवमूल्यन गरेका छन् । कतिपय सञ्चारमाध्यम संस्थागत भएका छैनन्, संस्थागत भएका पनि आर्थिक संकटबाट प्रताडित छन् । धेरैजसो सञ्चारमाध्यममा लगानीकर्ता र काम गर्ने मानिस एउटै छ । स्व उद्यम गरेका छन् । आफै मालिक आफै कामदारको अवस्थामा छन् । आफै सञ्चालक आफै सम्पादक बनेका छन् ।

प्रेसले कस्तो संकट भोगिरहेको छ भन्ने कुरा स्वयम् प्रेसमा कार्यरत जनशक्तिले नै महशुस गरेको छ । सञ्चारगृहले पत्रकार पाल्न सकिदैन भन्यो र पत्रकारहरु बिदा बसे । पालैपालो बिदा बसे । लकडाउन खुल्यो तर सञ्चारगृहले बिदामा राखेका पत्रकारलाई बोलाएनन् । तथापी पत्रकारले यत्रो ठूलो सद्भाव देखाइरहेका छन् । मिडिया हाउसले श्रम ऐनको अनुसार करारपत्र पालना गरेका छैनन् ।

प्रेसका बारेमा संविधाले गरेका व्यवस्था, अर्थतन्त्रको अवस्था र सञ्चारमाध्यमको व्यवस्थापकीय पक्षमा भर पर्दछ । नेपालको संवैधानिक व्यवस्थामा प्रेसका माग सम्बोधन भएका छन्, अर्थात् सुनुवाई भएको छ । प्रेसमैत्री संविधान ऐन कानुन र व्यवहारमा परिणत हुन अवश्य समय लाग्ला । अहिले कानुनी रुप र व्यवहारिक पक्षमा कतिपय सवालमा छलफल र वहस भइरहेका छन् ।

महामारीका समयमा प्रेस समस्यामा छ, संकटमा छ । स्वरोजगारमुखी मिडिया मात्र होइन, कर्पोरेड मिडियाको अवस्था पनि संस्थागत देखिदैंन । श्रम मुद्धालाई व्यवस्थापन गर्न सकेका छैनन् । आर्थिक संकटपछि कर्पोरेड मिडियाबाट पत्रकारहरु निकालिएका छन्, निस्किएका छन् । पत्रकारको जागिर सकिएको छ तर पत्रकारिता सकिएको छैन । मिडियाले पैसा दिन सक्दैन, आधा महिनाको तलव लेउ वा जागिर छोड भन्न बाध्य छ । सबैले रमाइलोका लागि मात्र पत्रकारिता गरेका हुँदैनन् ।

विषयवस्तुको उठान र एंगलिङमा त्रुटी होला तर समाज कहिल्यै नउठेका मुद्दालाई पत्रकारले बाहिर ल्याएका छन् । तथ्यको परीक्षण र सत्यको खोजीमा कमजोरी रहलान् तर एजेन्डाविहीन बनेका छैनन् । कन्टेन्टलाई जवाफदेही बनाउन हरेक नागरिक नागरिकको बीच वहस र छलफल प्रारम्भ हुनुपर्छ । त्यसले विश्वसनीय सूचना प्रवाह गर्न मद्दत गर्दछ । हल्ला र फेक सूचना फैलन रोकिन सक्छ ।

आर्थिक संकट यस्तो हुन्छ कि जसका विषयमा बोल्न पनि समस्या हुन्छ । कोभिडका कारण आर्थिक संकट भयो भनेर सञ्चारमाध्यमले पत्रकारलाई जानकारी दिए । तलव कटौती गरे । पारिश्रमिक घट्यो, काम र जिम्मेवारी बढ्यो । पत्रकारहरु ल्याउने लैजाने गाडी पनि बन्द गरिए । हौसला, प्रेरणा र प्रोत्साहन चाहिने बेला हतोत्साहित पार्ने काम भयो । कतिपय मिडियामा गाडी र चालक स्टयान्टबाइ छ तर गाडी गुडेन । यो जटिल अवस्थालाई मूल्यांकन गरेर कतिपयले पत्रकारको दुष्मन पत्रकार नै बन्ने अवस्था छ भनेर भनेका छन् । पेशा र सीपले दक्ष भएको जनशक्तिलाई समस्या कम छ । मिडिया क्षेत्र आफैमा एउटा उद्योग हो । मिडियाले समाचार र सूचना प्रवाह गर्छ । उत्पादन र वितरण गर्छ । तर उद्योगका रुपमा परिभाषित छैन । जनमत निर्माण गर्न, सोच्न, सोचेर बोल्न सघाउने भएकाले मिडियाको जिम्मेवारी ठूलो छ ।

पत्रकारितामा व्यवस्थापनमा समस्या छ । मालिकलाई मन लागेका बेला पत्रकारले जागिर छोडिदिनुपर्ने मानसिकता देखिन्छ । प्रेस यस्तो क्षेत्र हो जहाँ गरिमाको भयले पनि पत्रकारहरु आन्दोलनमा जाँदैनन् । मानवीय स्रोतलाई सेवामा ल्याएपछि सेवामुक्त गर्न विधि, प्रक्रिया र मान्यता अवलम्बन गर्नुपर्ने देखिन्छ । मानवीय जनशक्तिको सीप उपयोग गरेर सञ्चारगृहले नाम वा दाम कमाउने मात्र होइन कि दायित्व छ भन्ने भूमिका पूरा गर्नुपर्छ ।

श्रमिक र व्यवस्थापकका बीचमा हुने सौदाबाजी गर्दा मिडिया हाउसका कारोवार, कर र नाफाको बहस गर्नुपर्ने देखिएको छ । मिडियाले लामो समय लगानी गरेर कमाएको विश्वसनीयता यस्तै मुद्दाले कमजोर बनाइदिएको छ । कान्तिपुर, अन्नपूर्ण पोष्ट जस्ता ब्रोडसिटका मिडियाले समेत पत्रकार निकालिरहेका छन् । सुनिन्छ, ‘कान्तिपुरको प्रेसले पत्रिका होइन, पैसा छाप्छ ।’ त्यही मिडिया श्रमजीवीको मामिलामा सहयोगी छैन । अहिले मिडियाकै बारेमा जनमानसमा बहस सुनिन्छ । पत्रकारहरुलाई साथमा लिएर अगाडि बढेको भए मिडियाहरु यतिधेरै सार्वजनिक वहसमा जानुपर्ने थिएन ।

पत्रकारहरुको आफ्नो असन्तुष्टी र गुनासो बाहिर आउन थालेको छ । सामाजिक सञ्जाल र मिडियामा आउन थालेको छ । यसले मिडियामाथिको विश्वसनीयता घट्छ । शिक्षा, तालिम वा अनुभव हासिल गरेर पत्रकारितामा संलग्न मानिसहरु छन् । प्रविधिको प्रयोग गरेर सूचना प्रवाह गर्ने मानिसहरु पनि छन् । शिक्षा र प्रविधि हुनेहरुले सञ्चारगृहका समस्या बाहिर ल्याएका छन् ।

मिडियामा धेरै मिहेनेत गरेर समाचार बनाउने पत्रकारहरु छन् । तिनीहरु सबै आफ्नो कानुनी अधिकारका लागि पत्रकार श्रम अदालत जानुपर्छ । चित्त नबुझेको कुरामा उजुरी गर्नुपर्छ । ट्रेड युनियन आन्दोलनमा लागेकाहरुले पत्रकारहरुलाई आलोचना गर्ने मुख्य कारण पनि आन्दोलन गर्न नसक्ने अवस्था हो । कुनै पनि पत्रकारले मिडियामार्फत उठाइरहेका मुद्दा आफूलाई उठाइरहेको छैन । देश र समाजका लागि काम गरेका पत्रकारहरु समेत आन्दोलित हुन सक्दैनन् । पत्रकारहरु अदालतमा जान तयार हुँदैनन् । पत्रकारको मनोभावना र मनोवृत्तिमा समस्या छ । संविधान, कानुन र श्रम ऐनले तय गरेको बाटोमा जुन दिनसम्म जाने आँट गर्दैनन्, पत्रकारहरुले नियुक्ति, पारिश्रमिक र पेशागत समस्या झेलिरहने छन् ।