सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन कृषि क्षेत्रका युवाहरुको सफलताको कथा समेटिएको पुस्तक ‘कर्म’ विमोचन ‘यूवा पुस्ता पत्रकारीतामा आउन जरुरी छ’ : प्रेस चौतारी केन्द्रिय सचिव आचार्य तानसेनका एक सय दश पसलमा अनुगमन, ६३ हजार रुपैंयाको सामग्री जफत गरि नष्ट तानसेन नगरपालिका र विद्युत प्राधिकरण पाल्पा बीच न्यूनतम विद्युत महशुल छुट सम्बन्धी सम्झौता

कहाली लाग्दो गरिबी : बाल्यकाल संस्मरण

विजयकुमार बौडेल – 

‘बा दशैंमा मासु खाने कि नाई ?’

विस्तराबाटै मैले सोधेपछि बा अत्तालिए । हो त, दशैं आइसक्यो । सान्केटोले मासु भन्दैछ, घरमा खाने चामल छैन । पोहर साल विहे गरेकी छोरी अनि ज्वाईं आउने कुरो पनि छ, यो दशैंमा टीका थाप्न । वर्षभरि आँटो र रोटा खाए पनि दशैंमा चामलको भात खान आत्तिन्छन् केटाकेटी पनि । मेरो टाउको मुसार्दै बाले भने’ मासु भात खाइन्छ बाबु, चिन्ता नगर ।’
चिन्ता मलाई थिएन, कसरी दशैं टार्ने भन्ने चिन्ता बा लाई थियो । म त बच्चो हो, छिमेकमा ल्याएको बोको देखेर कति पटक सोधेको छु’ बा हाम्ले बोको किन्ने हैन ?’
बा ले सम्झाउँदै भन्नुहुन्छ । ‘बोको काट्नु हुँदैन, पाप लाग्छ । मासु ल्याम्ला भैगो नि !’

विस्तराबाट उठेर बा ले आमालाई खोजे, भकारो सोर्न गोठमा पुगेकी आमालाई बाले भने । ‘दशैंका लागि खर्च कहाँबाट जुटाउने हो ? छोरोले आजैबाट मासु भन्न थालिगो !’
हातभरि गोबर बोकेकी आमा खिस्स हाँस्दै भनीन् ‘बजारबाट एक किलो सोयाविन लिएर आऊनु न, मासु सम्झिँदै खाम्ला ।’

आमाको यही सादा जीवन उच्च विचारले गर्दा नै हाम्रो जीवन अभावमा पनि सुखसँग बितेको छ । आमाको यही बानी मन पर्छ, मलाई । दुःखमा पनि खिस्स हाँस्दिनुहुन्छ अनी सजिलै दुःख भुलिदिनुहुन्छ ।
‘वर्ष दिनको चाडमा त्यस्तो नगरांै, बरु एउटा कुख्रो लिएर आउँछु ।’ बा ले मासु खाने इच्छा देखाए ।

गोबरले लतपतिएका हात कम्मरमा राखेर आमाले भन्नुभो, पाँच सय रुप्पे छ, टीका दक्षिणा, चामल, धुप अगरबत्ती सबै गर्नु पर्छ । जुन दिन कमाउला, त्यही दिन खाउँला बुढा । रहन देऊ यो पालि ।’

आमाको कुरा पनि ठिकै थियो । पाँच सय रुप्पे कुखुरामा खर्च भयो भने बाँकी एक सुको बच्नेवाला थिएन । तर मासु बिना पनि कसरी दशैं टार्नु । ‘हुदैन बुढी, बरु उधारो ल्याउँछु । कसो नदेलान् र खत्री माइलाले मैना दिनलाई उधारो ।’ बा ले हल्का हिम्मत दिए आमालाई ।
आमा जहिले पनि उधारो र ऋणसँग निकै डराउने । हातको इसारा गर्दै भन्नुभो ‘हामी गरिबलाई दशैं दशा जस्तै हो । परेको छैन उधारो मासु खान । भोलि त्यही पैसाको लागि खत्री माइला बाटो छेक्न आउँछन् । पर्दैन पर्दैन ।’

हुन पनि खत्री माइला निकै खतरा थिए । उधारो दिन पनि नडराउने, उधारो झार्न पनि नडराउने । भन्या बेला पैसा भएन भने ? बा मनमनै डराए । आमाको अगाडि केही नभनी फर्के बा ।

‘बा सन्तेको घर आजैदेखि मासु खान्चन रे, हाम्ले कैलदेखि खाने हो ?’ विस्तराबाट उठ्न नपाउँदै मैले बा लाई सोधें । मेरो हुनुहुन्थ्यो । बा केही सोच्न नसक्ने भएपछि एकछिन चौपारीतिर निस्के । म पछी पछी लागें ।

चौपारीमा पनि बस्ने अवस्था थिएन । सबैका ठुला कुरा । अस्ति लाउरबाट फर्केको किस्नेले गाउँभरि खोज्दा पनि सोच्या जत्रो खसी पाइन भनेर धाक लगाउँदै थियो । चार वर्ष साउदी बसेको किस्नेको औकात साउदी नछिर्दा कस्तो थियो हाम्लाई थाहा छ । तर साउदीबाट फर्किंदा गाउँको जिम्दारलाई टक्कर दिने औकात बनाइसक्यो । उता रविकान्तको पनि उस्तै धाक । अलि पर बसेको शंकरेलाई सुनाउँदै भन्यो ‘दशैलाई भनेर पैतिस किलोको खसी ल्याको । मा कसम एक केजी मासु बेच्दैन । आधा खसी पोलेरै खाने हो, आमापोई ।’
त्यो नालायक रविकान्तेको औकात अस्तिसम्म धुलो खेलाउने बराबर हो । तर छ मैना अघि कालापार छिरेपछि उसको औकात पूरै फेरियो । पुरानो पाइन्ट काटेर हापपाइन्ट लगाउने हैसियत नभाको रविकान्ते आजभोलि दिनमा तीन जोर लुगा फेर्छ । खै के हो, अचम्म पर्छु । ऊ गाको कालापार पैसाको रुखै छ कि जस्तो गर्छ । सायद साहुको पैसा चोर्छ कि जस्तो मान्या छु ।

सबैले आ-आफ्ना औकात सुनाए । बा विचरो एक केजी मासुको सपना देखेर खोल्सातिर फर्किए । बाटोमा आउँदा चमेली भाउजु भेटिइन् । उनको पनि उस्तै दुःख । ‘बुढा कालापार गाको तीन मैना भो बाबु, घरमा एक माना चामल छैन । एक सुको रुप्पे छैन । जिम्दार साउले दुई-चार हजार ब्याजे दिन्चन कि भनेर जाँदैछु ।’ चमेली भाउजुले पूरै पीडा ओकलिन् ।
एक मनले त म पनि भाउजुसँगै जिम्दार घर पुगांै कि भन्ने लाग्यो, तर मन मर्‍यो । खत्री माइला भन्दा कडा छन् यी जिम्दार । ब्याजे पैसा नतिर्नेको उठिबास लगाउँछन् । चमेली भाउजुको त आउने बाटो छ तिर्लिन्, म जैरेले काँबाट ल्याएर तिर्नु ? हैट ! भन्दै बा बाटो लागे ।
खोल्सामा भएको सानो भट्टी पसल रामे ठुल्बाको हो । सुर चल्यो भने एक दुई हजार बिना ब्याजे दिएको पनि छन्, बा लाई । आज पनि आशा त्यही हो, दिइहाल्छन् कि भन्ने । बाहिर पेटीमा बसेर रने र घर्ती साइलोले लोकल लगाउँदै थिए, लसुनसँग । विहानै झ्याप ।
‘यति ब्यानै रने दाइ ?’ बा ले मजाक गरे अनि टुसुक्क बसे ।
‘दशैं आयो दशै ! खान्चस एक गिलास ?’ रने दाइ जिब्रो नलाग्ने अवस्थामा थिए तै पनि स्पष्ट बोले ।
‘खाँदैन दाइ ब्यानै त, साँझ भए सोच्ने थें !’ बा उठेर भित्र गएँ ।
रामे ठुल्बा चकटीमा लम्पसार परेर भुडीलाई आराम दिँदै थिए । रामे ठुल्बा हुन र मात्र नत्र भुडे भन्दै जिस्काउन हुन्थ्यो । गाउँले साइनोमा हामी गोत्यार नै थियांै । घपलक्कै खुट्टामा ढोगाउँछन उनले मलाई । मैले पनि कत्ति नराम्रो मान्दैन, उनको बानी । घपलक्कै घोप्टिएँ खुट्टामा ।

‘के छ तयारी दशैंको, मासु कति किन्ने होस् ? खसी यही काटुँला भन्ने सोच्या छु !’ भुँडी कन्याउँदै रामे ठुल्बाले बा लाई भने । ।
खुट्टामा घोप्टेको टाउको उनको बुढी औलामा बढेको नङमा ठोक्किएछ । हल्का चिलायो, निधार कन्याउँदै बसें ।

‘दशैको खर्च पानि जुटाउन आको हु ! एक केजी मासु टिप्दिनुस, पैसा तिर्दै गरौंला । सक्नुहुन्छ भने दुई हजार दाम सापटी दिनुस् ।’ बाले ठुल्बालाई भने ।
रामेठुल्बा एक छिन केही बोलेनन् । बा ले फेरि भने’ सान्केटोले मासु-मासु भनेर परान खान थाल्यो, हजुरले सहयोग नगरे छोरो भोकै हुन्छ । मेरो हात फैलाउने ठाउँ अन्त छैन दाई !’
‘मासु लैजालास् उधारै बरु । तर पैसाको कुरा नगर ! म आफै ऋणमा डुब्याछु ।’ भुँडी कन्याउँदै ठुल्बा बोले ।

बाहिर रक्सी तन्काइराखेका रने दाइलाई बा ले भने’ रने ! छ भने ल्याउ केर चार छ मैनालाई दुई हजार सापटी ।’ बाहिर ढोकैमा अडिएर बाले मागे ।
रने दाइ मुखको निक्कै छुचो मान्छे हुन, प्याच्च भने’ तिर्ने हैसियत छैन, अझ सापटी पो । आयस्रोत देखा, तिर्न सक्छु भन्ने अनि पाउलास् !’

एकछिन सबै हाँसे । घर्ती दाइले हाँस्दै भने ‘दशैं खर्छ दुई बोत्तल मेरै नाममा लगेस्, दिनुला है रामे ठुल्बा ।’ फेरि एकछिन हाँसो दन्कियो ।
मासुको जोहो भयो तर टीका दक्षिणाका लागि रुप्पे जुगाड लागेन । आमा सँग भएको पाँच सयले मात्र पुग्ने छाँट थिएन । कतैबाट सापटी निस्कने छाँट भएन ।’ रामे ठुल्बा ! एक लम्मरी चामल अनि दुई किलो मसुरोको दाल पनि दिनुस् । पैसा मासुको तिर्दा सँगै तिरुँला, नभए काम गर्देर कटाउँला ।’

“औंलो दिँदा डुँडिल्नो निल्न खोज्छ पाजी ।” ठुल्बाले बालाई हकारे । मन खिन्न भो । बा रित्तै हात घर फर्के । म बाको पछी पछी लागें ।

अहिले ति दिन सम्झँदा आँखा भरिएर आउँछ ………………..