पाल्पा – पाल्पा जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले १७ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
जिल्लास्तरीय कोभिड
पाल्पाका प्रमुख जिल्ला अधिकारी याेगेन्द्रप्रसाद पाण्डेले काेराेनाकाे बढ्दाे ग्राफ हेरेर राेकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेकाे बताउनुभयाे । उहाँले याे अवस्थामा उपचार र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सम्पूर्णमा अनुराेध गर्नुभएकाे छ ।
के केमा निषेधाज्ञा लाग्याे ?
यस्तै सबैखाले सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ । यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ ।
केकेमा निषेधित छैन ?
डिसीसीएमसी बैठकले निषेधाज्ञाकाे अवधिमा औषधी पसलहरू,अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, फाेहरमैला बाेक्ने साधन, प्रेस तथा सञ्चारकर्मी, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ ।