सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

“यो चुनावमा ठुलो शक्ति हुन्छौं, सरकार नै बनाउँछौं भन्ने अपेक्षा छैन” : पुर्वप्रधानमन्त्री खनाल

विजयकुमार बौडेल –

६ भाद्र – पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यो चुनावमा ठुलो शक्ति हुने र सरकार नै बनाउने अपेक्षा नभएको बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादी पाल्पाले तानसेनमा गरेको स्वागत कार्यक्रममा नेता खनालले यस्तो बताउनुभएको हो । पार्टी भर्खरै जन्मिएको अवस्थामा भएको भन्दै नेता खनालले निरन्तरको संगठन विस्तारले कुनै दिन पाल्पा जिल्ला लाल किल्ला बनाउने संकल्प पुरा हुने बताउनुभयो ।

“मुठ्ठी भरका मान्छेहरुमा अर्बौ सम्पत्ती छ । धेरै नेपालीहरु निम्न आयस्तरमा छन् ।” नेता खनालले भन्नुभयो । “यो वर्गिय भिन्नता हटाउनुपर्ने छ । वर्ग संर्घषको लडाँईको जिम्मेवारी नेकपा एसमा छ । नयाँ ढंगले पाँच दलिय गठबन्धन होसियारीका साथ अघि बढ्नुपर्ने छ ।” समाजबादी क्रान्तीको अन्तिम संघर्ष बाँकी भएको भन्दै बहस र विबादले अनेक शक्ति जन्मने नेता खनालले बताउनुभयो ।

नेता खनालले समाजवादको बारेमा परिकल्पना गरेको भन्दै अहिले निर्वाचनको तयारीमा भएकाले गठबन्धनले पक्कै पनी निकास दिने बताउनुभयो । बामपन्थी आन्दोलनमा मै हुँ भन्नेहरुको अहमता भएका कारण बाम एकता हुन नसकेको नेता खनालको भनाई छ ।